जेठ १४, २०८०
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले...
काठमाडाैं | जेठ ९, २०८०
संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षको हालसम्म काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेका छन् । 'पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ,' उनले भने ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।
परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।
परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले...
झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कल...
जिल्ला प्रहरी कार्यालय पर्साले अनलाइनमार्फत सट्टाबाजी गर्ने ४ जनालाई पक्राउ गरेको छ । बुधवार वीरगञ्ज महानगरपालिका–१५ स्थित सञ्जय श्रीवास्तवको ३ तले पक्की घरको माथिल्लो तलाको उत्तरपट्टिको कोठामा अनलाइनमार्फत...
विराटनगरबाट २० तोला सुन र ३६ किलो चाँदीका गरगहना चोर्ने ३ जना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले ८ महिनाको अवधिमा मात्रै आफ्ना विभिन्न बैंक खाताहरूमा ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ । प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव ...
प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...