कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जेठ ९, २०८०
विश्वस्तरको प्राविधिक शिक्षा दिने उद्देश्यसहित बाँकेको नेपालगञ्जमा एक वर्ष अगाडि स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटीयू) ले यसै वर्षदेखि शैक्षिक कार्यक्रम शुरू गर्दैछ ।
भावी रणनीतिलाई आधार मानेर देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न लुम्बिनी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।
पहिलो चरणमा स्नातक तहमा तीनवटा प्राविधिक विषयको बिटेक इन आईटी, बिटेक इन कम्प्युटर साइन्स एन्ड एआई र बिटेक इन आईटी इन्जिनीयरको पढाइ गर्ने भनिएको विश्वविद्यालय अहिले विद्यार्थीको खोजीमा छ ।
आउँदो साउनदेखि कक्षा सञ्चालन गर्ने भनिएको विश्वविद्यालयमा अहिलेसम्म विद्यार्थीले रुचि देखाएका छैनन् । एलटीयूले कस्ता र कति जनशक्ति उत्पादन गर्छ र ती जनशक्ति खपत हुने क्षेत्र कहाँ हो भन्ने गतिलो जवाफ विश्वविद्यालयसँग छैन ।
अहिले संघीय सरकार मातहत ११ वटा विश्वविद्यालयहरू सञ्चालनमा छन् । संघीयता कार्यान्वयनमा आएसँगै सबै प्रदेशमा कम्तीमा एउटा विश्वविद्यालय खुल्ने क्रम जारी छ । हरेक प्रदेश सरकारले अहिले आफन्तलाई भर्ती गरी जागिर खुवाउन विश्वविद्यालय स्थापनाको होडबाजी चलाएका छन् ।
मुलुकमा नयाँ विश्वविद्यालय जे जस्ता उद्देश्यले स्थापना भए पनि त्रिभुवन विश्वविद्यालय (टीयू)भन्दा फरक देखिन सकेका छैनन् । लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग भण्डारी नयाँ ‘टेक्कनोलोजी’ अध्यापन हुने गरी विश्वविद्यालय स्थापना भएको दाबी गर्छन् ।
‘हामीले पढाउने कोर्स निर्माणको अन्तिम तयारीमा छ,’ भण्डारीले भने, ‘प्राइभेट क्षेत्रमा टेक्निकल विषयको उच्च शिक्षा अति महंगो छ । त्यसको अन्त्य गरी सरकारी स्तरबाट सर्वसुलभ शुल्कमा टेक्निकल जनशक्ति उत्पादनमा विश्वविद्यालयले काम गर्नेछ । हामी जुन उद्देश्यले स्थापना भएका हौं, त्यही अनुसार चल्छौं । उद्देश्यबाहिर जाने छुट हामीलाई छैन,’ भण्डारीले भने ।
****
वि.स. २०६३ मा बौद्ध दर्शनको पठनपाठन र अनुसन्धान गर्ने उद्देश्यले रूपन्देहीमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो क्षेत्रभन्दा नितान्त फरक प्रकारका विषयहरू (इन्जिनीयरिङसमेत) पढाइरहेको छ ।
बौद्ध विश्वविद्यालयले ८ वटा क्याम्पसलाई सम्बन्धन दिँदै व्यापार गरेको छ भने ३ वटा क्याम्पसँग सहकार्य गरेको छ । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालय अन्तर्गत बुटवलमा सिटी क्याम्पस छ । विश्वविद्यालयमा अहिले १ हजार ५१९ विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलले बताए ।
सिटी क्याम्पसले बीटीटीएम, बीएएलएलबी र रुलर डेभलपमेन्ट पढाउँदै आएको छ ।
लुम्बिनी प्रदेशमा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपस्थिति छ ।
****
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा पनि विद्यार्थीको चरम अभाव छ ।
विद्यार्थी अभावले नै २०६७ देखि दीक्षान्त समारोह राख्न नसकेको विश्वविद्यालयले झण्डै १३ वर्षपछाडि यही जेठ ३१ मा दीक्षान्त समारोह गर्ने तयारी रहेको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष भीम खतिवडाले विश्वविद्यालयमा जीवन विज्ञानलाई आयुर्वेदसँग जोडेर लैजाने शिक्षा चलिरहेको दाबी गरे ।
‘हामीले योग विज्ञान र प्राकृतिक चिकित्सालाई जोडेर लगेका छौं,’ खतिवडाले भने, ‘हाम्रो मातहतका कलेजमा १७ वटा विषय पढाइ हुन्छ ।’
प्रभावकारिताविनै अहिले खुलिरहेको विश्वविद्यालयले राज्यलाई सुन्दर बाटोमा लैजान नसक्ने खतिवडाको भनाइ छ ।
संस्कृत विश्वविद्यालयमा करीब ३ हजार विद्यार्थी छन् । विश्वविद्यालयले तीनवटा क्याम्पसलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयका १२ वटा आंगिक क्याम्पस छन् ।
कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यक हो, यसबारे कुनै पनि विश्वविद्यालयले विस्तृत अध्ययन गरेको पाइँदैन । युनिर्भसिटी अनुसन्धान र अध्ययनमा केन्द्रित नभएर खोक्रो बनाउँदै लैजाँदा स्तरीय शिक्षाको अभावमा उत्पादित जनशक्ति बेरोजगार बन्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक शालिकराम पौड्यालले विद्यार्थी संख्या राम्रो भएका विश्वविद्यालयलाई सुधार गर्नुको सट्टा अनेक विश्वविद्यालय खोल्ने प्रवृत्ति रोकिनुपर्ने बताए ।
‘कतिपय विश्वविद्यालयमा १०० भन्दा पनि कम विद्यार्थी छन्,’ पौड्यालले भने, ‘तर, त्यहाँको प्रशासनिक खर्च थेग्न गाह्रो छ । एकै प्रकृतिका विषय पढाइ हुने विश्वविद्यालय आवश्यक छैन । विश्वविद्यालयप्रति आम विद्यार्थीको विश्वास घट्दै गएका कारण हरेक वर्ष नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न गएका छन् ।’
प्रजातान्त्रिक प्राध्यापक संघका निवर्तमान अध्यक्ष डा. बुद्धबहादुर थापाले अहिले भएका विश्वविद्यालयका घटाएर २/३ वटामा झार्नुपर्ने सुझाव दिए ।
‘विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रलाई पदाधिकारी भर्ती केन्द्र बनाउने होडबाजी मात्र भयो,’ थापा भन्छन्, ‘अब विश्वविद्यालय समायोजनमा जानुपर्छ । हाम्रो जस्तो गरीब मुलुकले दुई/तीनवटा बाहेक अरू विश्वविद्यालय धान्न नै सक्दैन । संख्यात्मक रूपमा होइन गुणात्मक विश्वविद्यालयको खाँचो छ । नयाँ होइन भएका विश्वविद्यालय सुधारौं र युवालाई देशकै विश्वविद्यालयमा पढ्ने र रोजगारीको ग्यारेन्टी हुने शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता हो ।’
नेपालमा २०४६ सालको परिवर्तनपछि विश्वविद्यालय खोल्ने लहर चलेको हो । त्यो बेलाभन्दा अघि त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय मात्र सञ्चालनमा थिए । अहिले देशमा १७ वटा विश्वविद्यालय सञ्चालनमा रहेका छन् । नेपालको सबैभन्दा पुरानो (२०१६ मा स्थापित) त्रिभुवन विश्वविद्यालय हो । त्यसपछि २०४३ मा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भयो ।
२०४८ सालमा काठमाडौं विश्वविद्यालय, २०५० मा पूर्वाञ्चल विश्वविद्यालय, २०५३ मा पोखरा विश्वविद्यालय, २०६३ मा लुम्बिनी बौद्ध विश्वविद्यालय र २०६७ मा मध्यपश्चिम विश्वविद्यालय स्थापना भएका थिए ।
त्यसैगरी, २०६७ सालमा नेपाल कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय स्थापना भए । २०७३ सालमा नेपाल खुला विश्वविद्यालय र २०७४ सालमा राजर्षी जनक विश्वविद्यालय स्थापना भयो ।
मुलुकमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारहरूले पनि विश्वविद्यालय स्थापना गर्न थाले । सोही अनुसार अहिलेसम्म तत्कालीन प्रदेश १ (कोशी प्रदेश)ले २०७६ सालमा मनमोहन प्राविधिक विश्वविद्यालय, मधेश प्रदेशले २०७८ मा मधेश कृषि विश्वविद्यालय र २०७९ मा मधेश विश्वविद्यालय स्थापना गरेका छन् ।
गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र लुम्बिनीले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरेका छन् । यसरी हेर्दा अहिले देशभरमा १७ वटा विश्वविद्यालय पुगेका छन् ।
आवश्यकताविना विश्वविद्यालय खोल्नु भन्दा विधागत विशेषज्ञ उत्पादन गर्ने विश्वविद्यालय आवश्यक रहेको विद्यार्थी नेताहरू पनि बताउँछन् ।
उस्तै प्रकृतिको शिक्षाका लागि नयाँ विश्वविद्यालय आवश्यक नै नरहेको उनीहरूको तर्क छ । अहिले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने लहर चलेको छ, जसले गर्दा राम्रा विषयको पढाइ हुने क्याम्पसमा पनि विद्यार्थीको न्यूनतम् कोटा पुर्याउन समेत मुस्किल पर्न थालेको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...