जेठ १८, २०८०
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान)ले ‘सबैका लागि शिक्षा–०२’ कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।
ट्रानले नेपालका विकट ठाउँमा सञ्चालित विद्यालय र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सोही अनुरूप यसपटक ट्रानले दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँस्थित सिमीगाउँ प्राथमिक विद्यालय र बिगु गाउँपालिका–१ जगतस्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।
गत वैशाख २८ गते, बिहीवार संस्थाले गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कक्षा १० सम्मका तीन सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको ट्रानले जनाएको छ ।
त्यस्तै वैशाख २९ गते, शुक्रवार सिमीगाउँ प्राथमिक विद्यालयमा कक्षा ५ सम्मका ३० विद्यार्थीहरूलाई विभिन्न शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरेको थियो। विद्यालयलाई दुईवटा कम्प्युटर पनि उपलब्ध गराइएको ट्रानले जनाएको छ ।
‘कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो। शैक्षिक सामग्री वितरणसँगै हामीले विभिन्न कार्यक्रमहरू पनि आयोजना गरेका थियौं,’ सबैका लागि शिक्षा –०२ का कार्यक्रम संयोजक सदिपराज पाण्डेले भने।
उनका अनुसार विद्यालयहरू दुईवटा कार्यक्रमस् विद्यालयमा लैंगिक हिंसा र जलवायु परिवर्तनको शिक्षा विषयक कार्यशाला पनि सञ्चालन गरिएको थियो। साथै मनोरञ्जनात्मक प्रतियोगिता पनि आयोजना गरिएको थियो।
‘विद्यार्थीहरूसँग अन्तर्क्रियात्मक कार्यक्रमहरू गरी उनीहरू र बसोबास गर्ने समाजबारे बुझ्न पायौं। हाम्रो सानो सहयोगले पनि उनीहरूको दैनिकीमा ठूलो भूमिका खेल्नेमा हामी सकारात्मक छौं। सिमीगाउँ जस्तो विकट ठाउँमा कार्यक्रम लग्नु हाम्रो लागि पनि निकै ठूलो चुनौती र उपलब्धि हो’ उनले भने ।
कार्यक्रमको लागि मुख्य प्रायोजक ट्रिनिटी इन्टरनेसनल कलेज रहेको थियो भने कलेजका विद्यार्थीहरूको पनि सहयोग रहेको संस्थाको भनाइ छ।
कार्यक्रमको गोल्ड पार्टनर ‘आइसिएफसी फाइनान्स लिमिटेड’, शिक्षा पार्टनर ‘टिग’, बेभरेज पार्टनर ‘जिरु ड्रिङ्क्स’, फुड पार्टनर ‘पशुपति इन्ट्यान्ट फुड्स’, क्रियटिभी पार्टनर ‘पोको किड्स’, गिफ्ट पार्टनर ‘मस्तकला’ र स्पोर्ट्स पार्टनर ‘न्यू सिग्मा इन्टरनेसनल’ रहेको थियो।
यसभन्दा अघि ट्रानले २०७९ भदौंमा नुवाकोट बट्टार नगरपालिकास्थित विदुर ४ मा रहेको युनाइटेड आधारभूत विद्यालयमा ‘सबैका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री प्रदान गरेको थियो ।
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई थप सुविधा युक्त बनाएको छ । टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध अफर अन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्...
पहिलोपटक कच्चा सामग्री बोकेर कार्गाे रेल विराटनगर आए पनि निरन्तर सञ्चालन हुनेमा उद्योगी–व्यापारीहरू ढुक्क छैनन् । प्रधानमन्त्रीहरू भारत भ्रमणमा गएका बेला उद्घाटन गर्ने प्रचलन नै रहेकाले कार्गाे रेल पनि त्यस्तै ...
नेपाल राष्ट्र बैंकले शनिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
घोराही सिमेन्ट ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको शेयरमा उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले...
सिप्रदीयन सहायता संस्थाले कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ । तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भ...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...