जेठ १५, २०८०
सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनु...
कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
सोमवार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि ४ दिनका लागि विद्यालय बिदा गरिएको विद्यालयले जनाएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए ।
‘पादमघाट अत्यधिक गर्मी हुने ठाउँ हो,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि हामीले अहिले विद्यालय बन्द गरेका छौं ।’
विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए । ‘१० वर्षदेखि १४ वर्षसम्म उमेर समूहका बालबालिका बेहोस भएका हुन्,’ उनले भने, ‘कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यार्थी बेहोस भएका थिए ।’
गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए । ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुक्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ ।’ केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।
सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनु...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयमा पुगेका छन्। कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा स...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९...
चितवनमा गर्मी बढेसँगै पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् । पछिल्लो हप्ता गर्मी ह्वात्तै बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, ...
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरे...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस तथा एमपीए तेस्रो सत्रका लागि विशेष मौका परीक्षाको व्यवस्था गरेको छ । त्रिविले मंगलवार एमबीएस तथा एमपीए कार्यक्रमको तेस्रो सत्रको परीक्षा फाराम भर्ने सूचना जारी गर्...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...