×

NMB BANK
NIC ASIA

प्राविधिक कर्मचारीको भरमा गाउँपालिकाका सबै वडा कार्यालय

जेठ १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । 

Muktinath Bank

जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचवटा वडा रहेको गाउँपालिकामा चारवटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाको वडा नं १ मा एचए, वडा नं २ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा नं ३ मा अनमी, वडा नंं ४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् । थवाङ गाउँपालिकाको वडा नं १ र २ साविक थवाङ गाविस, वडा नं ३ साविक मिरुल गाविस र वडा नं ४ र ५ साविक उवा गाविस पर्दछन् ।

Vianet communication
Laxmi Bank

स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएका वडा अध्यक्षहरूको गुनासो छ । “प्रशासनिक ज्ञान भएका वडा सचिवको साटो प्राविधिक ज्ञान भएका स्वास्थ्यकर्मी र कृषि प्राविधिकबाट गुणस्तरीय सेवा प्रवाह हुने कुरै भएन”, थवाङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष हिराप्रसाद बुढामगरले भने । 

‘पटक–पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका छौँ, प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको छ’ उनले भने ।

“थवाङ गाउँपालिकामा कर्मचारी आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने कारणले वडाको काम प्राविधिक कर्मचारीबाट गराउन बाध्य भएका छौँ”, थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्तीमगरले भने । 

वडा कार्यालयको कामलाई गुणस्तरीय बनाउन प्रशासनिक कर्मचारी उपलब्ध गराइदिन पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन घर्तीमगरले गुनासो गरे । एउटा सेवाको कर्मचारीले अर्को सेवाको काम गर्दा काम गुणस्तरीय नहुनुको साथै दुवैतर्फ असर गर्ने वडाध्यक्ष घर्ती मगरको भनाइ छ ।

थवाङ जनसङ्ख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्दछ । दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x