असोज १३, २०८०
पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले ग्याँस र बिजुलीजस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।
ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका भण्डारीले तीन महिनापछि बुधवार संसदमा सम्बोधन गर्दै गाउँगाउँमा ग्याँस र बिजुली पुगे पनि त्यसबारे जान्न नपाएको बताए । ‘जलन केश देशभरी फैलिएको छ । हामीले विज्ञानको विकास गर्यौँ। गाउँगाउँमा ग्याँस र बिजुली पुग्यो, बस पुग्यो,' उनले भने, 'तर के गर्नु हुन्छ, के गर्नु हुँदैन ? भनेर पाठ्यपुस्तकमा पनि राख्न सकेनौं । हाम्रा विज्ञ र पाठयक्रम निर्माताहरूलाई यसबारे ध्यान भएन । ध्यान दिउन् । विश्वका बच्चाहरूले यसबारे जान्न र पढ्न पाउँछन् । हाम्रा सात वर्षका बच्चाले त जान्न पर्यो नि ।'
जलनका बिरामीहरूलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
क्यान्सरजस्तै जलनका बिरामीलाई पनि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
नेपालमा सरकारले जलन अस्पताल स्थापना गरे त्यो एसियाकै सबल हुने उनको दाबी छ । भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न उनले सचेत गराए ।
पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...
घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी ह...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ...
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...