×

NMB BANK
NIC ASIA

उपत्यकाका स्थानीय तहको बजेटबारे छलफल

जेठ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 स्थानीय तहले नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकतालाई प्राथमिकीकरण गर्नु पर्ने अर्थविदहरुले सुझाव दिएका छन् । उपत्यका उपप्रमुख÷उपाध्यक्ष सञ्जालको तेस्रो बैठकमा स्थानीय तहको वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा विषयक कार्यपत्र प्रस्तुतिका क्रममा यस्तो अर्थविद्हरुले यस्तो सुझाव दिएका हुन् । 

Muktinath Bank

सञ्जालको पहिलो बैठक काठमाडौँ महानगरपालिकाले, दोस्रो बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेका थिए । हरेक महिना बस्ने बैठक नगरपालिकाहरुले पालो पालो आयोजना गर्ने गरेका छन् । जुन नगरपालिकाले बैठक आयोजना गर्छ, उही नगरपालिकाका उपप्रमुख÷उपाध्यक्षले बैठकको अध्यक्षता गर्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबारको बैठकमा प्रस्तुति गर्दै अर्थ मन्त्रालयका सहसचिव (बजेट महाशाखाका प्रमुख) धनीराम शर्माले, संवैधानिक अधिकार, नगरको आवधिक योजना, संघ र प्रदेश सरकारका कार्यक्रम, नागरिकका सुझावका आधारमा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिए ।  ‘स्रोतको सीमा, क्षेत्रगत कामको सन्तुलन, अनुदान (समानीकरण, सशर्त, निशर्त) आन्तरिक आय विश्लेषण गर्नुपर्छ । पैसाका आधारमा योजना बनाउनु हुँदैन । योजनाको लागत बनाएर


Advertisment
Nabil box
Kumari

त्यसका आधारमा बजेट बिनियोजन गर्नुपर्छ । यसबाट कार्यान्वयन योग्य कार्यक्रम निर्माण हुन्छ ,’ शर्माको सुझाव छ । शर्माले काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा २०७४ श्रावण ३२ गते पद वहाली गरेका थिए । 

Vianet communication
Laxmi Bank

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने समय पारेर विज्ञहरुसँग छलफल गराएपछि उपत्यकालाई एउटै मापदण्ड र कार्यक्रमका आधारमा विकास गराउन सहज हुने धारणा राखिन्  । ‘नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नभन्दा कार्यान्वयन गरेर नतिजा ल्याउनु महत्वपूर्ण काम हो,’ उपप्रमुख डंगोलले भनिन् ।  उपत्यकालाई सांस्कृतिक समृद्ध नगरका रुपमा विकास गराउन समान बुझाइ विकास गराउनमा सञ्जालका क्रियाकलाप थप लाभदायी बन्दै गएको धारणा राखिन् । 

 धारणा राख्ने क्रममा सूर्य विनायक नगरका प्रमुख बासुदेव थापाले, नगरको विकासका लागि प्रमुख र उपप्रमुखहरुका बिचमा कुनै पनि विषयमा फरक मत नरहेको धारणा राखे । ‘बजेट निर्माण, स्रोतको अनुमान, राजस्वलगायत क्षेत्रमा उपप्रमुखको नेतृत्वमा काम हुन्छ । उपप्रमुखहरुका बिचमा साझा धारणा निर्माण हुँदा उपत्यकाको दिगो विकासमा सहयोग हुन्छ,’ प्रमुख थापाको भनाइ थियो । 

आपसी अनुभव आदान प्रदान गर्दा उत्पादन प्रवर्धनमा पनि टेवा पुग्छ । कार्यक्रममा सूर्य बिनायक नगरकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले भनिन्, ‘हाम्रो नगरपालिकामा कुरिलो लगायत तरकारीजन्य उत्पादन हुन्छ । यो काठमाडौँलाई चाहिएको छ । इलाम नगरले निर्यात गर्ने चिया प्याकेजिङ् गर्न जनशक्ति पाएको छैन । त्यो काम हामी गरिदिन सक्छौँ ।’ 

आवश्यकता पहिचान नगरी संघ र प्रदेश सरकारबाट आउने कार्यक्रम कार्यान्वयन गराउन पालिकाहरुलाई समस्या छ । बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले भनिन्, ‘वडाध्यक्षले शिफारिस नगरी आफ्नै वडाको योजना नगरपालिकाले कार्यान्वयनमा ल्याउँदैन । प्रदेश र संघ सरकारका योजना थाहै नपाइ आउँछन् ।’ त्यस क्रममा दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ् डंगोलले, गत बर्षका क्रमागत योजनालाई निरन्तरता दिन स्रोतका कारण चुनौती रहेको उल्लेख गरिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x