×

Nic Asia
Prabhu Bank

गाडी चोरीको आरोप लागेपछि कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

जेठ ११, २०८०

NTC
Marvel
फाइल फोटो : काजीमान श्रेष्ठलाई मुख्य प्रशिक्षकको नियुक्ति दिँदै राखेपका निर्देशक प्रचण्ड शर्मा
Premier Steels
IME BANK INNEWS

कराँतेको मुख्य प्रशिक्षक काजीमान श्रेष्ठलाई गाडी चोरीको आरोप लागेको छ ।

yONNEX
Frooti
Appy

फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठविरुद्ध गाडी चोरीको आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

श्रेष्ठ माघ १९ गते मात्रै राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत काठमाडौं जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षकमा बढुवा भएका थिए ।


Advertisment
Lokantar App
Saurya island

प्रशिक्षक श्रेष्ठले आफ्नो गाडी चोरी गरेको बताउँदै जीवन पाण्डेले प्रमाणसहित परिषद्‌मा मंगलवार उजुरी दिएका थिए । उनको उजुरीपछि परिषद्ले श्रेष्ठलाई मुख्य प्रशिक्षकबाट हटाएको निर्देशक प्रचण्ड शर्माले बताए । 

JYOTI
Vianet communication

शर्माले गाडी चोरीको आरोप लागेकै कारण श्रेष्ठलाई मुख्य प्रशिक्षकबाट हटाइएको बताए । शर्मासँग श्रेष्ठले बुधवार नै गाडी फिर्ता गर्छु भनेका थिए । अझै किन फिर्ता गरेनन् भन्ने विषयमा जानकारी नपाएको शर्माले बताए ।

null

गाडी धनी पाण्डेले आफ्नो नाममा दर्ता रहेको बागमती प्रदेश ०१–०२६–७७२१ नम्बरको निशान कम्पनीको डास्टुन रेडी गो गाडी पटक–पटक माग्दा पनि नदिएपछि प्रहरीमा उजुरी गर्नुपरेको बताएका छन् ।

पाण्डले संचारकर्मीहरूसँग उक्त गाडीको कागजातसमेत देखाएका थिए । पाण्डेसँग भएको कागजातअनुसार पाण्डेले मेगा मोर्टस भन्ने कम्पनीबाट उक्त गाडी किनेको देखिन्छ ।

गाडीको विलबुकमा गाडी धनीमा पाण्डेको फोटो टाँसिएको छ ।

‘मैले कम्पनीबाट गाडी किनेपछि एकपटक उनलाई भेटेर गाडी फिर्ता मागेको थिएँ । उनले २/४ दिनको समय मागेका थिए । त्यसपछि पटक–पटक गाडी फिर्ता दिने बताए पनि विभिन्न बहाना बनाएर गाडी फिर्ता दिएनन्’ उनले भने ।

पाण्डेले श्रेष्ठसँग भएको टेलिफोन रेकर्डसमेत सुनाएका थिए । टेलिफोन कुराकानीमा प्रशिक्षक श्रेष्ठले पाण्डेलाई वैशाख २५ गते सोमवार गाडी फिर्ता दिने बताएका थिए । तर सोमवार उनले गाडी फिर्ता नगरेको पाण्डेले बताए । 

त्यसपछि फेरि प्रशिक्षक श्रेष्ठले पाण्डेसँग गाडी पोखरामा आफ्नो भतिजले चलाइरहेकोले आफै गएर गाडी ल्याइदिन्छु भन्दै  विहीवार अर्थात वैशाख २८ गते दिउँसो १२ बजेसम्मको समय मागेको फोन सम्वादमा सुन्न सकिन्छ ।
त्यसपछि फेरि प्रशिक्षक श्रेष्ठले शुक्रवार दिउँसोको समय मागेका थिए । तर शुक्रवार पनि गाडी फिर्ता नगरी शनिवार वैशाख ३० गते गाडी फिर्ता दिन्छु भनेका छन् ।

पटक–पटक भाका सार्दै आएका श्रेष्ठलेको नियत गाडी फिर्ता नदिने देखिएको छ । उनले आज विहीवार २ बजेको भाका राखेको पाण्डेले बताए ।

null

‘खेलाडी जस्तो मान्छे किन बदनाम गर्नु भनेर म चुप लागेर बसेकाे हुँ । पटक–पटक गाडी फिर्ता दिन्छु मेरो बदनाम नगरिदिनुस् भन्छन् । तर गाडी फिर्ता गर्दैनन् । त्यसैले मैले उजुरी दिने निर्णय गरेको हुँ,’ उनले भने ।

विगत लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ २०७९ माघ १९ गते मात्रै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवस्तरीय निर्णयबाट मुख्य प्रशिक्षकमा बढुवा भएका थिए ।

त्यस अघि उनी सहायक प्रशिक्षकका रुपमा कार्यरत रहेका थिए । लोकान्तरले काजीमान श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...

जेठ १८, २०८०

नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।  मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसि...

जेठ १८, २०८०

विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लीगमा न्युरोड टीम (एनआरटी) माथि १–० को रोमाञ्चक जीत निकालेको छ । ...

जेठ १६, २०८०

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ।​ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरल...

जेठ १७, २०८०

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरु हुनेछन् । &nbs...

जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।     सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x