×

Nic Asia
Dabur
Prabhu Bank

दुर्घटनाको जोखिम मोलेर तातोपानी नाकाबाट सामान ढुवानी

काठमाडाैं | जेठ ११, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी गत वैशाख अन्तिमबाट सञ्चालनमा आएको छ । तर सडकको अवस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।​

yONNEX
Frooti
Appy

नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरूले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूका सामान आयात गर्नै छाडेका छन् ।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् ।


Advertisment
Lokantar App
Saurya island

व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जीर्ण भएकाले असहज भइरहेको बताए ।

सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरूले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे ।

JYOTI
Vianet communication

सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरूले बर्सेनि सास्ती भोग्नुपरेको छ । तातोपानी क्षेत्र भौगोलिकरुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्ग जीर्ण छ ।

सरकारले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको व्यवसायी दामोदर सत्यालको भनाइ छ ।

उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए । सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको उनले बताए ।

उनले भन्सारमा व्यवसायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैं समस्या भएको गुनासो गरे  ।

बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको अर्का व्यवसायी विजय शेर्पाले बताए । उनका अनुसार सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको छ ।

स्थानीय पालिका र व्यवसायीहरूले सरोकारवाला निकायहरूलाई सडक मार्ग स्तरउन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म कुनै पहल नभएको उनको गुनासो छ ।

सरकारले तातोपानी नाका जोड्ने सडक समयमानै स्तरउन्नति गरे स्थानीयदेखि व्यवसायीहरूलाई समेत सहज हुने उनले बताए ।

त्यस्तै, तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए । उनले सडक सानो र साँघुरो भएकाले दुईतर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँसमेत नहुने अवस्था रहेको बताए । कन्टेनर बेला—बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको उनको गुनासो छ ।

तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडक खण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाएर समस्याको समाधान गर्नुपर्ने उनीहरूको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

रूपन्देहीका होटल व्यवसायीले घरभाडामा छुटको व्यवस्था गर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सहयोग स्वरूप घर भाडा छुट गर्न घरधनीहरूलाई उनीहरूले आग्रह गरेका हुन् । कोभिड–१९ र आर्थिक सं...

जेठ १४, २०८०

चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित...

जेठ १४, २०८०

शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा पुगेको छ । ठूला कम्पनीको शेयर क...

जेठ १४, २०८०

पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा क...

जेठ १४, २०८०

सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा २५ वटा मात्रै नाफामा चलेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षणसँगै प्रस्तुत गरेको ...

जेठ १४, २०८०

लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ ...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x