×

Nic Asia
Prabhu Bank

प्रदेश प्रतियोगिता : पौडीमा ११ स्वर्णसहित काठमाडौँ प्रथम

जेठ ११, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

काठमाडौँ जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य सहित दोस्रो बागमती प्रदेश प्रतियोगिताको पौडीतर्फ प्रथम  भएको छ । दोस्रो स्थानमा रहेको ललितपुरले ७ स्वर्ण, ७ रजत र १० कांस्य प्राप्त गर्‍यो ।

yONNEX
Frooti
Appy

पुरुषतर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिलातर्फ काठमाडौँकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाडौँका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कांस्य पदक पाए । महिलातर्फ काठमाडौँकी रोयल प्रजापतिले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् । 


Advertisment
Lokantar App
Saurya island

यसैगरी काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कांस्य पाए ।

JYOTI
Vianet communication

ललितपुर अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुषतर्फ काठमाडौँका जाडेन श्रेष्ठ र काठमाडौँकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाडौँका गौरव लामाले रजत र कांस्य पाए । यस्तै महिलातर्फ काठमाडौँकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कांस्य पाए ।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाडौँका सनिल कुमार थापा मगरले २ मिनट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिलातर्फ काठमाडौँकी आर्या महर्जनले २ मिनट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाडौँका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कांस्य पाए । यस्तै महिलातर्फ काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कांस्य पाए ।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मार्‍यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कांस्य पाए । यस्तै महिलातर्फ पनि ललितपुरले तीन वटै मेडल हात पार्‍यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कांस्य पाए ।

५० मिटर फ्रिस्टायलमा पुरुषतर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्‍यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कांस्य पाए । यस्तै महिला तर्फ काठमाडौँकी रोयल प्रजापतिले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाडौँकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कांस्य पाए ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोस्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई एसिया पारा ब्याडमिन्टन संघको अध्यक्ष पदबाट हटाइएको छ । उनको ठाउँमा भुटानका किनले क्षिरिङलाई अध्यक्ष बनाइएको हो । २७ मे २०२३ मा दुबईमा सम्पन्न ब्याडमिन्टन एस...

जेठ १८, २०८०

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोह...

जेठ १८, २०८०

विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लीगमा न्युरोड टीम (एनआरटी) माथि १–० को रोमाञ्चक जीत निकालेको छ । ...

जेठ १६, २०८०

पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छ...

जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...

जेठ १९, २०८०

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिवार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो ।    प्रदेश तथ...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x