असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीनको औपचारिक भ्रमण सफल रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि प्रधानमन्त्री प्...
जेठ १२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले श्रीमतीलाई आफू प्रमुख रहेको अड्डाको लेखा शाखामा सरुवा गरेका छन् ।
श्रीमतीलाई आफ्नै कार्यालयको लेखा शाखाको जिम्मा दिएर उनले स्वार्थ बाझिने र विवादास्पद काम गरेका हुन् ।
तिवारी करीब चार महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकका रूपमा सरुवा भएका थिए । यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर विवादमा तानिएपछि तिवारी त्यहाँ पुगेका थिए ।
आफू महाप्रबन्धक भएपछि तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएको खुलेको हो । प्रतापबाबुकी श्रीमती रेनु राजस्व समूहतर्फकी कर्मचारी हुन् ।
‘आफू महाप्रबन्धक भएर आएपछि उहाँले श्रीमती रेनु तिवारीलाई लेखा शाखामा ल्याउनुभयो । पहिलो त, राजस्व समूहको कर्मचारीलाई लेखा शाखामा ल्याउनु हुँदैनथ्यो । दोस्रो, आफू मातहतको कार्यालयमा श्रीमतीलाई ल्याएर लेखा शाखाको जिम्मेवारी दिनु सरासर अनैतिक एवं शंकास्पद काम हो । नियत सफा हुन्थ्यो भने किन आफ्नै श्रीमती ल्याउनुपर्थ्यो ? के लेखामा अरू कर्मचारी छैनन् ?’ प्रश्न उठाउँदै स्रोतले लोकान्तरसँग भन्यो ।
राजस्व समूहका कर्मचारीलाई सामान्यतया लेखाको जिम्मेवारी दिइँदैन ।
‘विमानस्थलमा नल्याई नहुने अवस्था थियो भने उहाँलाई राजस्वको जिम्मेवारी दिएको भए हुन्थ्यो । तर, श्रीमानले आदेश दिने श्रीमतीले चेक काट्ने गरी वातावरण मिलाइएको देख्दा आशंका उब्जिएको छ,’ स्रोतले थप्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणअन्तर्गत पर्छ । नागरिक उड्ययन प्राधिकरणभित्र तिवारीले आफूलाई अरू भन्दा असल छवि भएको कर्मचारीको रूपमा दाबी गर्दै आएका थिए ।
‘तिवारी सर आफूलाई ‘हाई– इन्टिग्रिटी’ भएको इमान्दार कर्मचारीको रूपमा परिचय गराउनुहुन्छ । तर, आफू कार्यालय प्रमुख भएका बेला श्रीमतीलाई सबैको आँखा लाग्ने लेखा शाखाको जिम्मेवारी सुम्पेपछि स्वाभाविकरूपमा उहाँको ‘इन्टिग्रिटी’ माथि शंका गर्ने अवस्था आएको छ,’ स्रोतले भन्यो ।
उच्च स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यालय प्रमुखको श्रीमती लेखा शाखाको जिम्मेवारीमा रहँदा प्रश्न उठ्ने भन्दै तत्काल त्यो कदम सच्चाउन तिवारीलाई पटक–पटक सचेत गराइसकेको छ । तर, तिवारीले प्राधिकरणको सुझाव समेत बेवास्ता गरेको स्रोतको दाबी छ ।
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा तिवारीले पत्नीलाई आफूभन्दा पहिलेका महाप्रबन्धकले सरुवा गरेर ल्याएकाले स्वार्थ नबाझिने दाबी गरे ।
‘कार्यालय प्रमुखले नियम पालना गर्नुपर्दैन र ? कार्यालय प्रमुखको उत्तरदायित्व हुँदैन र ? सबै कर्मचारीले नियमपूर्वक काम गर्ने हो । मभन्दा अगाडिको जीएमले ल्याएको हो, त्यसमा म कसरी जोडिन्छु ?’ तिवारीले लोकान्तरसँग भने, ‘अरू कर्मचारीका पनि श्रीमान-श्रीमतीले पनि सँगै काम गरिरहेका छन् । यसमा स्वार्थ कसरी बाझिन्छ ?’
७ करोडका सामान अलपत्र
तिवारी यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक भैसकेका व्यक्ति हुन् । उनको अघिल्लो कार्यकालमा करीब ७ करोड रुपैयाँ खर्चेर गरेर गुड्ने भर्याङ (स्केलेटर) खरिद गरिएको थियो । ‘त्यत्रो पैसा खर्च गरेर खरिद गरिएको स्केलेटर प्रयोगविहीन छ । त्यो पनि गलत काम हो,’ स्रोतले थप्यो ।
तिवारी स्केलेटर खरिद सम्बन्धमा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे ।
‘स्केलेटर मैले खरिद गरेको होइन । मेरो पालामा भएको जस्तो लाग्दैन । सबै कुरा मलाई थाहा हुँदैन । भएको कुरा नियमसंगत हुन्छन्’ तिवारीले लोकान्तरसँग भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीनको औपचारिक भ्रमण सफल रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि प्रधानमन्त्री प्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन ...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टे...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...