जेठ १४, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताएकी छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्र...
कोशी प्रदेश सभाकाे बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपछि विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस हुने गरेकाले शान्ति सुरक्षा चुस्त राख्न शनिवार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।
पहिचानवादीहरूले प्रदेशसभा अगाडि प्रदर्शन गर्ने बताउँदै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताएकी छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्र...
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा विधान अधिव...
नेकपा एकीकृत समाजवाद का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय भएको बताएका छन् । काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिवार आयोज...
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट ल्याउने बताएका छन् । आइतवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रमम...
झण्डै ३ महिनापछि आइतवार कोशी प्रदेशसभा बैठक बस्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार दिउँसो २ बजेका लागि बजेट अधिवेशनको आह्वान गरेकाले बैठक बस्न लागेको छ । ८९ दिनपछि कोशी प्रदेशसभा बैठक बस्न लागेको ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आय...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...