
देश दौडाहामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको शनिबार सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।
त्यसका लागि वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुने कार्यक्रम रहेको राप्रपा सुर्खेतले जनाएको छ ।
अभिनन्दन कार्यक्रम पश्चात् पूर्वराजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
यसअघि लुम्बिनी, सुदूरपश्चिम, कोशी प्रदेशका विभिन्न स्थानमा पनि पूर्वराजाको नागरिक अभिनन्दन भएको थियो । पूर्वराजाले दलहरुको कारण राष्ट्रियता खतरामा परेको आरोप लगाउँदै आएका छन् ।