२६ जेठ २०८३, मंगलबार

न्युजिल्याण्डविरुद्ध अर्जेन्टिनाको शानदार जीत

न्युजिल्याण्डविरुद्ध अर्जेन्टिनाको शानदार जीत

न्युजिल्याण्डमाथि शानदार जीत दर्ता गर्दै अर्जेन्टिना फिफा यु- २० विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । आफ्नै देशमा आयोजित प्रतियोगितामा अर्जेन्टिनाले शनिवार न्युजिल्याण्डमाथि ५–० गोलको सहज जीत हात पारेको हो । 

६ पटकको विजेतलाई अर्जेन्टिनालाई सहज जीत दिलाउने क्रममा ५ जना फरकफरक खेलाडीले गोल गरे । 

इग्नासियो मास्टेरो पुचले १४, गिनो इन्फाटिनोले १७, लुका रोमेरेले ३५, ब्रायन अगुइरेले ५० र अलेजो भेलिजले ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गरेका हुन् । ३५ औं १८ वर्षीया लुका रोमेरोले  मध्य भागबाट बल अगाडि बढाउँदै लियोनेल मेसीकै शैलीमा शानदार गोल गरेका थिए । 

एकपक्षीय खेलमा न्युजिल्याण्डले एउटा पनि पोस्ट चार्ज गर्न सकेन ।

salt training

कमेन्ट गर्नुहोस्