कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ १४, २०८०
सरकारी स्वामित्वमा रहेका विभिन्न ४४ वटा सार्वजनिक संस्थानमध्ये नेपाल विद्यत् प्राधिकरणले सबैभन्दा बढी नाफा कमाएको छ । प्राधिकरणको गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफा २४ अर्ब रुपैयाँ छ । संस्थाले गत आवमा ३१ प्रतिशत नाफा कमाएको थियो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षमै १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो संस्थाले पछिल्लो ५ वर्षमा लगातार नाफा कमाउँदै गएको छ ।
प्राधिकरणपछि दोस्रो धेरै नाफा कमाउने संस्थामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमको सञ्चित नाफा ४५ अर्ब रुपैयाँ रहेको छ ।
टेलिकले गत आर्थिक वर्षमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । टेलिकम पनि सरकारको वर्षेनि नाफा कमाउने संस्थामा पर्छ । यसको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार नाफा भने घट्दै गएको देखिएको छ । ५ वर्ष अगाडि एकै वर्ष १७ अर्ब नाफा गरेको टेलिकमले गत वर्ष अघिल्लो वर्ष ७ अर्ब मात्रै नाफा कमाएको थियो ।
सरकारको स्वामित्वमा संचालनमा रहेका संस्थानमध्ये सबैभन्दा बढी घाटा हुनेमा नेपाल आयल निगम रहेको छ । यसले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नोक्सानी १७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । नेपाल वायुसेवा निगमको समेत सञ्चित नोक्सानी १५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
नेपाल वायुसेवा निगम पछिल्लो चार वर्षदेखि निरन्तर घाटामा सञ्चालनमा छ । यो संस्थाको गत आवको घाटा १ अर्ब ७० करोड रुपैयाँ छ । यसको अघिल्लो वर्ष ३ अर्ब ६६ करोड घाटा थियो ।
निगमले पछिल्लो दुई वर्षमा घाटा कम गर्दै गएको भए पनि जहाज किन्न लिएको ऋण र अपेक्षाअनुसार बढ्न नसकेको आम्दानीका निगम घाटामा चलिरहेको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् । खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले लोकान्तरलाई जानकारी ...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...