×

Dabur
MG

लोकान्तर समाचार प्रभाव

पाटा एड्भेञ्चर मार्ट कर तिर्न तयार, राजस्व कार्यालयमा निवेदन दर्ता

जेठ १४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा कर तिर्न तयार भएको हो ।

yONNEX
Sagarmatha Cement

नेपाल पर्यटन बोर्डको सहकार्यमा १६ देखि १९ जेठसम्म पोखरामा पाटा एनुअल समिट तथा एड्भेन्चर मार्टको आयोजना हुँदैछ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

कुनै पनि मेला, महोत्सव तथा मार्टले आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर अस्थायी भ्याट नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुसार ट्राभल व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले बोर्डसँगको सहकार्यमा नेपालमा गर्ने पाटा मार्ट दर्ताका लागि निवेदन दिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

नेपालमा शुल्क उठाएर गरिने कुनै पनि मेला महोत्सवका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले आन्तरिक राजस्व कार्यालयबाट अनिवार्य अस्थायी दर्ता अनुमति लिनुपर्ने व्यवस्था छ । यो व्यवस्था बमोजिम बोर्डले पाटा एड्भेञ्चर ट्राभल मार्ट गर्न लागेको हो ।

Vianet communication
Laxmi Bank

मूल्य अभिवृद्धि कर ऐनको दफा १० (क) अनुसार अस्थायीरूपमा हुने प्रदर्शनी, मेला तथा यस्तै कारोवार गर्न मूल्य अभिवृद्धि करमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई पालना नगरेका कारण पाटाको मार्ट विवादमा आएको थियो । कर कार्यालयमा दर्ता भएका करदाताले मेला महोत्सव सकिएको एक साताभित्र कारोवारको विवरण पेश गरेर लाग्ने सम्पूर्ण करसमेत दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने कानूनी व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रशेम शर्माका अनुसार पाटाले आइतवार अस्थायी भ्याटको लागि निवेदन दिएको छ । अब सोमवार उसको निवेदन हेरिने र आवश्यक प्रक्रिया पूरा  भए दर्ता हुने पनि शर्माले जानकारी दिए ।

अस्थायी भ्याट दर्ता गरेर पाटाले  आम्दानी अनुसार कर तिर्न तयार भएको छ । पाटा अन्तर्राष्ट्रिय संस्था भएकोले यसले पैसा नतिरे नेपाल पर्यटन बोर्डलाई जिम्मेवार बनाएर अस्थायी भ्याट दर्ता गराइने आन्तरिक राजस्व कार्यालय पोखराले जानकारी दिएको छ ।

यसको अर्थ पाटाले भ्याट नतिरेको अवस्थामा बोर्डले तिर्नुपर्ने गरी भ्याट दर्ताको प्रमाणपत्र दिइने पनि आन्तरिक राजस्व कार्यालय पोखराले बताएको छ ।

अब पाटाले भ्याट नतिरे पनि पर्यटन बोर्डबाट असुल गर्ने गरी भ्याट दर्ता गरेर पत्र दिइने पनि शर्माले जानकारी दिए । 

आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार पाटाका सचिव सुमन पाण्डेमार्फत निवेदन आएको छ ।

‘पाटा अमेरिकामा दर्ता भएको संस्था रहेछ । विदेशी संस्थाले नेपालमा कार्यक्रम गर्दा सहकार्य गर्ने संस्था पर्यटन बोर्ड भएकोले उसैलाई जिम्मेवार बनाएको हो । बोर्डमार्फत नै दर्ता प्रक्रियामा आउन पनि आन्तरिक राजस्वले सुझाव दिएको थियो’ अधिकृत शर्माले भने, ‘बोर्डले पनि आइतवार पाटा मार्टको दर्ता गर्ने विषयमा पाण्डेमार्फत निवेदन दिन लगाएको छ । अब यो संस्था दर्ता भएपछि उठेको आम्दानीको १५ प्रतिशत टीडीएस काटेर पाटाले पाउने हुन्छ । पाटाले नेपालमा गरेको आम्दानीको कर तिरेर जान्छ । यही कर तिर्नको लागि पाटा इन्टनरेनल एडभेञ्चर मार्ट नेपालमा दर्ता हुनुपरेको हो ।’

अब सोमवार औपचारिक प्रक्रिया पूरा गरेर अस्थायी भ्याटको पत्र पाउने भएको उनको भनाइ छ ।

यस अघि ९ जेठमा आन्तरिक राजस्व कार्यालय पोखराले नेपाल पर्यटन बोर्डमाथि छानबिनका लागि आवश्यक कागजातमसेत माग गरेको थियो । 

राजस्व कार्यालयमा पाटा एड्भेञ्चर मार्टसम्बन्धी उजुरी परेको र सोही आधारमा आवश्यक छानबिनका लागि विभागले पर्यटन बोर्डलाई पत्र लेखेरै आवश्यक कागजात मागेको थियो ।

विभागका अनुसार नेपाल पर्यटन बोर्डसहितको संलग्तामा मंगलवारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय एड्भेञ्चर मार्टसम्बन्धी आधिकारिक कागजात माग गरेको थियो । कागजातको प्रमाणित प्रतिलिपि, उक्त कार्यक्रमको योजना, छनोट, स्वीकृति, कार्य प्रक्रिया, दर्ता प्रक्रिया, आय आर्जन गर्ने स्रोतसम्बन्धी जानकारी समेतको आधिकारिकता कार्यालयले माग गरेको हो ।

पर्यटन बोर्डसँग विभागले पाटा अन्तर्राष्ट्रिय र नेपाल पर्यटन बोर्डको भूमिकासम्बन्धी जानकारी र मार्टमा सहभागीसँग लिने शुल्क, आय हुने निकाय र खर्च गर्ने निकायसहितको विवरण माग गरेको थियो ।

कार्यालय प्रमुख शर्माका अनुसार बोर्डले उक्त पत्रको कुनै जवाफ आइतवारसाँझसम्म दिएको छैन । अब सोमवार अस्थायी भ्याट दर्ता हुने र सोही अनुसारको कागजातको जानकारी पनि आउने उनको अपेक्षा छ ।

यही मार्टका लागि पर्यटन बोर्डले डेढ करोड रूपैयाँ खर्च गर्दै छ । यो कार्यक्रमको आयोजक भने पाटा हो । पाटाको कार्यक्रम भए पनि बोर्डले नेपालमा विदेशी पर्यटक आकर्षित हुने र पर्यटन प्रवर्द्धन पनि गर्न सकिने भन्दै खर्च गर्न लागेको हो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले कानून अनुसार सम्बन्धित ठाउँमै दर्ता हुने व्यवस्था रहेको बताए ।

सो व्यवस्था विपरीत विभागले कुनै पनि आम्दानी गर्ने गरी मार्ट गर्न नपाउने जानकारी बोर्डलाई गराएको थियो ।

सोही अनुसार कार्यक्रम आयोजकलाई अनिवार्य रूपमा दर्ता गराउन र करयोग्य आम्दानी भए कर तिर्न निर्देशन दिइएको प्याकुरेलले बताए ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...

असोज १२, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्‍यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...

असोज १२, २०८०

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...

असोज १२, २०८०

विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...

असोज १२, २०८०

नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...

असोज १३, २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x