×

NMB BANK
NIC ASIA

बजेटले खुसी भएनन् चलचित्रकर्मी

जेठ १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रलाई सहभागी नगराइएको गुनासो गरे । ‘हामीले अहिलेको आवश्यकताबारे चलचित्र विकास बोर्डमार्फत सरकारलाई जानकारी गराएका थियौँ । तर, त्यसको केही सम्बोधन भएन । चलचित्र क्षेत्रको विकासका लागि सरकारले यस क्षेत्रमा लगानी गर्नाका साथै नीतिगत सुधारमा आवश्यक कदम चाल्नु विकल्प छैन’ अध्यक्ष पराजुलीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले चलचित्र क्षेत्रले देशको अर्थतन्त्रमा टेवा पुर्याउने भए पनि यो क्षेत्रलाई सधैं उपेक्षा हुने गरेको गुनासो गरे ।


Advertisment
Nabil box
Kumari

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजेटले अन्य क्षेत्रलाई समेटेर प्रोत्साहन गरेको भए पनि चलचित्रकर्मी उत्साहित हुने कुनै कार्यक्रम नआएको बताए । ‘हामीले बोर्डमार्फत आफ्नो क्षेत्रलाई सरकारले समेट्नुपर्ने बुँदाहरू बुझेका थियौँ । तर सदाझैँ केही नयाँ सम्बोधन भएनन् । अन्य क्षेत्रलाई झैँ चलचित्र क्षेत्रप्रति पनि सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो माग छ’, अध्यक्ष खड्काले भने । 

Vianet communication
Laxmi Bank

चलचित्रकर्मी अशोक शर्माले दोलखा र काभ्रेमा स्टुडियो बनाउने विषय हरेक वर्षको बजेटमा आए पनि पर्याप्त बजेट नहुँदा कागजमै सीमित रहेको बताए । ‘उद्योगका लागि निर्माण, प्रदर्शन र वितरण क्षेत्रमा कुनै पनि कुरा आएको छैन । चलचित्रकर्मीका लागि यो निराशाजनक बजेट भएको छ’ निर्माता शर्माले भने । 

सोमबार सङ्घीय संसदको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा  चलचित्र पर्यटन प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ । सार्वजनिक–निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा स्टुडियो (भित्र छायाङ्कन गर्न मिल्ने) बनाउने घोषणा गर्दै चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती स्टुडियो निर्माण गर्न लागिएको सरकारको भनाइ छ । 

यसबाहेक सरकारले बौद्धिक सम्पत्तिको संरक्षण र विकास विस्तारका लागि कानुन बनाउने समेत बजेटमा उल्लेख गरेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x