असोज १०, २०८०
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम वर्गीय परिवारको रुचि रहेको र पछिल्लो समय सबैभन्दा बढी रुचाइएको सवारीसाधनमा कर बढाएका छन् ।
महतलाई सबैभन्दा बढी प्रयोग हुने विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क लगाएर उच्च वर्गले प्रयोग गर्ने सवारीमा भन्सार र अन्तःशुल्क दुवै घटाएको आरोप लागेको छ ।
मन्त्री महतले आइतवार सार्वजनिक गरेको बजेटले ५० वाटभन्दा कम क्षमताका सवारीलाई १० प्रतिशत भन्सार लिने व्यवस्था गरेका छन् । यसअघि यो सेग्मेन्टका गाडीमा ५ प्रतिशत मात्रै भन्सार शुल्क थियो । अब यो गाडीमा थप ५ प्रतिशत भन्सारसहित १० प्रतिशत अन्तःशुल्क समेत थप भएको छ ।
महतले ५०–१०० वाटसम्मका सवारीका लागि भने १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क लिने व्यवस्था गरेको छन् । यो सवारीको भन्सार शुल्क गत वर्षको तुलनामा अन्तःशुल्क भने बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत वैशाखमा भित्रिएका २ हजार ९५५ विद्युतीय सवारीमध्ये २ हजार ८८२ वटा यही १०० किलोवाटको मात्रै छ । नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको र मध्यम वर्गकाले रुचाएको यस्तो सवारीको बिक्री बढ्न थालेपछि सरकारले भन्सार र अन्तःशुल्क पनि बढाएको हो ।
बजेटले १००–२०० वाटसम्मका सवारीसाधनलाई २० प्रतिशत भन्सार र २० प्रतिशत नै अन्तःशुल्क लगाएको छ । यसअघि चालू आवको बजेटले ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क थियो । तुलनात्मक रूपमा १०० वाटभन्दा कम प्रयोग भएको यो सवारीमा सरकारले भन्सार र अन्तःशुल्क दुवै १०–१० प्रतिशतले घटाएको छ ।
२००–३०० वाटसम्मलाई सवारीको पनि भन्सार दर घटेको छ । यो सेग्मेन्टको सवारीसाधनमा ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लगाएको छ । यस्तो सवारीको भन्सार चालू आवमा ४५ प्रतिशत थियो । अन्तःशुल्क भने ४५ प्रतिशत नै थियो । बजेट भषणपछि तुरुन्तै लागू भएको यस्तो भन्सार दर ५ प्रतिशतले घट्दा अन्तःशुल्क भने घटेको छैन ।
२००–३०० किलोवाटको विद्युतीय सवारी भने गत वैशाखमा जम्मा ६६ वटा मात्रै भित्रिएको छ । यो कम प्रयोगमा आउने सवारी भएको नाडाले बताएको छ ।
३०० किलोवाटभन्दा माथिका सवारीलाई ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था छ । यो चालू आवकै अनुपातमा हो । यसमा कुनै थपघट भएको छैन । यो क्षमताको सवारीमा उपभोक्ताको खासै रुचि नहुँदा भित्रिन पनि नसकेको नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बताएको छ ।
नाडाका अनुसार ५०–१०० वाटका सवारी अलि बढी चल्ने सवारीमा पर्छ । यो सवारीमा भन्सार र अन्तःशुल्क नबढाउन सुझाव दिएको भए पनि अर्थमन्त्रीले अहिलेको व्यवस्थाभन्दा पनि परिमार्जन भएर आएको प्रतिक्रिया नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले बताए । उनका अनुसार १००–२०० वाटसम्मको सवारीमा भने भन्सार र अन्तःशुल्क दुवै बढेको छ । यो सेग्मेन्टका सवारी पनि अलि बढी नै रुचाउने सवारीमा पर्छ । त्योभन्दा माथिल्लो सेग्मेन्टमा केही भन्सार घटाएकाले आफूहरूको मिश्रित प्रतिक्रिया रहेको पनि थापाले बताए ।
अर्थमन्त्री महतले भने, ‘विद्युतीय गाडी अबको आवश्यकता र आमजनताको रुचिको क्षेत्र भएकाले राज्यलाई पनि लाभ हुने र प्रयोगकर्ताले समेत गर्व गर्न सक्ने नीति सरकारले लिएको छ ।’
विद्युतीय गाडीमा लगाइएको कर व्यावहारिक र अर्थतन्त्रमा योगदान गर्न सहयोग पुग्ने गरी लगाइएको बताएका छन् । बजेटपछिको अन्तर्क्रिया कार्यमक्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘विद्युतीय गाडीमा लगाइएको कर कसैको फाइदा र बेफाइदाको लागि होइन । राज्यले कर पाउने र जनताले सुभल सेवा लिन सक्ने गरी मात्रै कर लिने नीति लिएको छ ।’
विद्युतीय गाडीमा साना वाटमा कर बढाएको र ठूलो वाटका सवारीमा भने कर घटाएको भन्दै आलोचना भएको विषयमा अर्थमन्त्री महतले बजेटले कसैको फेवर गरेको पुष्टि गर्न सके आफूले मन्त्री पद तत्कालै छोड्न सक्ने चुनौती समेत दिएका छन् ।
महतले बजारमा हल्ला भएकोजस्तो माथिल्लो वाटलाई छुट र तल्लोलाई बढी भन्सार नलिएको दाबी गरे । अर्थमन्त्री महतले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने काम भएकाले नै व्यावहारिक कर लिइएको पनि बताए ।
अर्थमन्त्रीको नीतिले निजी प्रयोजनका विद्युतीय सवारी करीब २५ प्रतिशत महंगो हुने भएको छ । महंगा विद्युतीय गाडीमा सरकार उदार देखिएपछि बिजुली गाडी प्रवर्द्धनको नीतिबाट सरकार पछि हटेको भन्दै आलोचना भएपछि अर्थमन्त्री महतले यसमा सत्यता नरहेको दाबी समेत प्रस्तुत गर्न भ्याएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
बेइजिङ– ‘नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त ल...
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...
ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोब...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...