×

Dabur
MG

सरसर्ती २४ घण्टा : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वानसहित यस्ता छन् प्रमुख समाचार

जेठ १७, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइएको हो ।
इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई मंगलबार बयानका लागि लगिएको हो ।
यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिइएको थियो ।
००००
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । 
संसद्लाई जानकारी दिँदै प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सम्बन्धका विविध पाटा, आपसी सम्बन्ध, पारवहन, व्यापार, लगानी, ऊर्जा व्यापारसहितका विषय प्रमुख एजेन्डा रहेको बताएका छन् । 
प्रधानमन्त्रीले नेपालको हितमा हुने गरी भारतीय लगानी भित्र्याउने र बंगलादेशसम्म विद्युत् निर्यातबारे कुरा हुने बताएका छन् ।
००००
यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् । 

yONNEX
Sagarmatha Cement

विगतमा सरकारले भारतसँग गरेका सम्झौता पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यसपाली भने पूर्ण कार्यान्वयन हुने उनले दाबी गरे  । कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नहुने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने उनले बताए । भारतीय भूमी प्रयोगगरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको उनले बताए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल भएको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ” उनले भनिन् ।
००००
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले मंगलवार चौधरीको आममाफीसम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।
००००
सेयर बजारमा ठूलो गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घटेको हो । आगामी वर्षको बजेटमा लगानीकर्ताका माग सम्बोधन नहुँदा सेयर बजार घटेको लगानीकर्ता बताउँछन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलवार अखिल नेपाल महिला संघले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरे ।
००००
बलात्कार अभियोगमा २० लाख रुपैयाँमा धरौटी तारेखमा छुटेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइका लागि पटक–पटक पेशी तोकिए पनि अझै अन्तिम सुनुवाइ हुन सकेको छैन ।
२०७९ कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पहिलोपटक मुद्दा पेशीमा चढेको थियो ।
त्यसको ३ दिनपछि कात्तिक १८ गते  न्यायाधीश घिमिरेले लामिछानेलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेका थिए ।
त्यसपछि उच्च अदालत पाटनको आदेशबाट २० लाख रुपैयाँमा धरौटी तारेखमा लामिछाने रिहा भएका थिए ।
विदेश जान प्रतिबन्ध लगाएको उच्च अदालत पाटनको आदेश उल्ट्याउँदै सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको थियो । साथै ुफास्ट ट्रयाकुमा फैसला गर्न आदेश समेत गरेको थियो ।
००००
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ । 
प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् ।
००००
पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छन् ।
००००
नेकपा माओवादी केन्द्रले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् ।
००००
संसदीय सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।
कार्कीविरुद्ध इमेल र पत्रमार्फतसमेत उजुरी दिन पाइनेछ । यसरी उजुरी हाल्दा बेनामेबाट हाल्न पाइँदैन । तर नामलाई समितिले गोप्य राख्ने जनाएको छ । उजुरीको आह्वान गर्न गोरखापत्रमा सूचना प्रकाशन गर्ने तयारी छ ।
००००
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्षको बजेटमा सांसद विकास कोषअन्तर्गत सांसदले ५ करोड खर्च गर्न पाउने प्रावधान पुनः राखेपछि बालेनले व्यंग्य गरेका हुन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ ।​​ साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय ...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङस...

असोज ६, २०८०

सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् ।  आज स्थानीय समयअनुसार बिहान ...

असोज ६, २०८०

नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x