×

NMB BANK
NIC ASIA

कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट मन्त्री निर्मला लिम्बुद्वारा राजीनामा

जेठ १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

Muktinath Bank

बुधवार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाउँदै लिम्बुले जातीय पहिचान पक्षधरलाई पेलेपछि राजीनामा दिन बाध्य भएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री कार्कीले नामकरणपछि उत्पन्न समस्यालाई समाधान गर्न चासो नदिएको उनको आरोप छ । ‘वार्ता समिति बनाएर समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीलाई पटक–पटक आग्रह गरे पनि कुनै चासो देखाउनुभएन,’ लिम्बुले भनिन्, ‘यो सरकारमा बसेर पहिचानका कुरा उठाउन नसकिने निष्कर्ष निकालेर सरकारबाट बाहिरिएको हुँ ।’


Advertisment
Nabil box
Kumari

पछिल्लो समय आन्दोलनकारीको निसानमा समेत आफू परेको लिम्बुले बताइन् । गत आइतवार ‘यो निर्मला बस्ने मन्त्रालय होइन’ भनेर मेरै कार्यकक्षमा ताकेर आन्दोलनरत पहिचानवादीहरूले ढुंगामुढा गरेको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

‘सरकारमा बसेर आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै पहिचान पक्षधर साथीहरूले मलाई नै तारो बनाउनुभयो,’ लिम्बुले भनिन्, ‘तर म एक्लो सांसदले केही गर्न सक्ने अवस्था थिएन । सरकारले पनि निर्मलाले सरकार छाड्दा अल्पमतमा परिँदैन भनेर कुनै चासो देखाएन ।’

शान्तिपूर्ण आन्दोलनमा सरकारले नै दमन गरेको लिम्बुको आरोप छ । प्रदेश सरकारले मंगलवार मात्रै आन्दोलनरत पक्षसँग वार्ताका लागि आह्वान गरेको थियो तर वार्ता समिति गठन गरिएको छैन । 

मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले वार्ताका लागि आह्वान गरेकाले सरकारसँगै वार्ता गर्नुपर्ने बताउँदै आएका छन् । ‘पहिचान सहितको संघीयतालाई टेकेर नामकरण गर्नुपर्ने भए पनि त्यसको उल्टो भयो । ‘कोशी’ प्रदेश भयो । नाम पहिचानको विरुद्धमा आएपछि म सरकारमा रहनुको कुनै औचित्य नै देखिनँ । नामकरणलगत्तै राजीनामा दिन खोजेको थिएँ तर नेताहरूले केही दिन पर्खनु भनेकाले अहिलेसम्म पर्खेकी हुँ,’ उनले भनिन् । 

जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा परेको छैन । नेकपा माओवादी केन्द्रले सरकार नछाड्दासम्म सरकार अल्पमतमा पर्दैन । माओवादीले साथ छाड्दा भने कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ । 

कोशीमा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । अहिलेको सरकारलाई एमालेका ४०, माओवादी १३ र राप्रपाका ६ गरी ५९ सांसदको समर्थन छ । अब जसपाले सरकार छाडेपछि माओवादीका लागि पनि धर्म संकट शुरू हुनेछ तर माओवादीले कुनै प्रतिक्रिया दिएको छैन । 

मुख्यमन्त्री कार्कीले सरकार कानूनअनुसार चल्ने बताए । ‘जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्छ,’ कार्कीले भने, ‘म त्यहीँअनुसार अगाडि बढ्छु । हिक्मत कार्की नेतृत्वको सरकारले सबै काम परसम्म पुर्‍याएर सुखद टुंग्याउँछ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x