२६ जेठ २०८३, मंगलबार

काठमाडौंका सडकमा गुड्न थाले जीपीएस जडित ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी

काठमाडौंका सडकमा गुड्न थाले जीपीएस जडित ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी

काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेको छ ।

विगत एक महिनादेखि काठमाडौंका सडकमा गुड्न थालेको ‘एक्सप्रेस–टी’ वातावरणलाई पनि एकदम सुहाउँदा सार्वजनिक यातायात बनेको छ ।

छोटो समयमा यात्रुहरूको विशेष रोजाइमा परेको ‘एक्सप्रेस–टी’ले लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ ।

‘एक्सप्रेस–टी’का ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोनमार्फत नै गाडीको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।

विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गुडाएको छ लगायतको जानकारी लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न सकिनेछ ।

जीपीएस जडित गाडी ग्राहकहरूको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरूले यो ट्याक्सीलाई निकै रुचाइरहेका छन् ।

आगामी दिनमा यो प्रविधिले सबै विद्युतीय सवारी साधनहरूलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ ।
टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ ग्राहक, यात्रु तथा सञ्चालकहरूले मन जित्न सफल भइरहेको छ ।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो ट्याक्सी सबैको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्