×

NMB BANK
NIC ASIA

दाङका धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम

जेठ १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

Muktinath Bank

गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बारेमा जानकारी दिन सरोकारवाला निकायसँग गरेको छलफल कार्यक्रममा जानकारी गराइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले तयार पारिएको मस्यौदालाई सरोकारवालासँग थप सल्लाह, सुझाव माग गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । उनले स्थानीय पाठ्यक्रम निर्माणपछि यहाँको सांस्कृतिक, धार्मिक र सामाजिक पक्षको उजागर हुने र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरूको विषयवस्तु थप गर्नु पर्ने लगायतका सुझावहरू आएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कार्यकममा वडा नम्बर ६ का वडाध्यक्ष रोशनजंग शाहले स्थानीय पाठ्यक्रम लागू भएसँगै यहाँको रहनसहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मिल्ने बताए ।

जिल्लाका ६ स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

स्थानीय पाठ्यक्रम निर्माण गरेर तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालयहरूले १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् ।

जिल्लामा सबैभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाले २०७८ सालमा ‘हाम्रो तुलसीपुर’ स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन शुरू गरेको थियो भने अन्य पालिकाहरूले गत वर्षदेखि लागू गरेका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x