असोज १३, २०८०
चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...
सचिव टेकनारायण पाण्डेले बैंक खातामा भएको रकम आफ्नो र श्रीमतीको आम्दानीबाट आएको बयान दिएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पाण्डेले ऋण चुक्ता गर्नका लागि रकम बैंकमा जम्मा गरिएको बताएका हुन् । ‘जग्गा बिक्री, शेयर कारोवारको आम्दानी, बीमा परिपक्क भएर प्राप्त रकम र म तथा मेरो श्रीमतीको जागिरबाट प्राप्त वार्षिक आयबाट करिब एक करोड दुई लाख वार्षिक आयस्रोत रहेको छ। सोही आयस्रोतबाट उक्त भुक्तानी भएको छ। आयस्रोतको विवरण सम्मानीत अदालत समक्ष थुनछेक बहसका क्रममा पेश गर्नेछु।’ बयानका क्रममा उनले भनेका छन् ।
त्यसै गरी प्रतिवादी बालकृष्ण खाँणका स्वकीय सचिवलाई पठाएको सन्देश बारे पनि उनले बयान गरेका छन् ।
आफूलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी अनौपचारिक रुपमा पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको उनले बयान गरेका छन् । ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएछ। सो नोटबुक नरेन्द्र केसीसमक्ष कसरी पुग्यो मलाई थाहा भएन।’ उनले बयानमा भनेका छन्, ‘सायद नोटबुकमा नरेन्द्र केसीको फोन नम्बर भएर ट्याक्सी ड्राइभरले छोडेको हो की थाहा भएन। उक्त सन्देश पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन । उक्त लेखाईबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन।’
चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज...
आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुस...
पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् । २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित नेपाल बार एशोसियनको केन्द्रीय साध...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...