असोज १०, २०८०
राजधानीमा जारी पार्टीको बागमती प्रदेश अधिवेशनमा नेकपा (एमाले)ले उम्मेदवारी मनोनयनको फारम वितरणको भाका सार्दै गएको छ । अब दिउँसो ३ बजेपछि मात्रै फारम वितरण गर्ने सूचना जारी भएको छ । तर ३ बजेपछि पनि फार...
धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनका सात वर्षीय छोराको उपचारका क्रममा मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरागरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
सिकिस्त रहेका उनीका छोराको पनि आइसीयू कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।
जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो ।
उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।
अचानक आज मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिए । रासस
राजधानीमा जारी पार्टीको बागमती प्रदेश अधिवेशनमा नेकपा (एमाले)ले उम्मेदवारी मनोनयनको फारम वितरणको भाका सार्दै गएको छ । अब दिउँसो ३ बजेपछि मात्रै फारम वितरण गर्ने सूचना जारी भएको छ । तर ३ बजेपछि पनि फार...
नेकपा एमाले बागमती प्रदेशको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार निर्धारित समयभित्र नेतृत्वमा कृष्ण प्रसाद दहाल, केशर बहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशव राज पाण्डे...
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोराले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त भएको खुलेको छ । गत शनिवार बेलुकातिर दक्षिणकालीबाट बल्खुतर्फ आउने क्रममा टौदह क्षेत्रमा राज्यमन्त्रीको सचिवालयका लाग...
कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपीको तानिएको छ । इलाका प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ ।&n...
काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । ९ दिनदेखि उभिइरहेका उनको खुट्टा सुन्निएको छ भने शरीरमा पनि खटिराहरू दे...
नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । बुधबार बिहान पार्टी केन्दीय कार्यालय च्यासमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयलगायत कार्यक्रम सार्वजनिक गरिएको ह...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...