असोज १३, २०८०
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरL पार्टी निर्माण अभियानमा लागेको बताएका छन्। माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा ब...
काठमाडाैं | जेठ २०, २०८०
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् । मेयर महर्जनलाई भेटेर थापाले नेपालभरका स्थानीय तहका सरकारमध्ये ललितपुर उदाहरणीय रहेको बताएका हुन् ।
‘ललितपुर महानगरपालिका, नेपाल भरका स्थानीय सरकारहरूका लागि उदाहरणीय नगरपालिका रूपमा स्थापित नगरपालिका हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिरिबाबु दाईको दृढता साँच्चै सराहनीय छ। स्थानीय सरकारलाई थप प्रभावकारी रूपमा कसरी अघि बढाउने भन्ने सन्दर्भमा उहाँसँग भएको छलफल।’
थापाले भेटका क्रममा पार्टीले गर्न सक्ने समन्वयको लागि तयार रहेको बताएका थिए । ‘पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिले कसरी काम गर्नुभएको छ । यसमा महामन्त्रीले बुझ्ने र आवश्यक समन्वय गर्ने जिम्मेवारी पाउनुभएको छ,’ थापाका स्वकीय सचिव प्रताप पौडेलले भने, ‘यसै क्रममा राम्रो काम गर्नेमध्ये ललितपुर महानगरपालिकाको काम गराई प्रभावकारी रहेको महामन्त्रीले भेटका क्रममा बताउनुभएको छ ।’
मुख्यगरी ललिपुरतका सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षण, ट्राफिक लाइट, फोहोरमैला व्यवस्थापन, हरियालीलई प्रवर्द्धन, घरबाटै नागरिकलाई विभिन्न सेवा, इलेक्ट्रिक भेहिकल जस्ता विषयमा महानगरले प्रभावकारी काम गरेको भन्दै थापाले प्रशंसा गरेका हुन् ।
नगरका भित्री पार्टी र व्यवस्थित गल्ली, सडकपेटी निर्माण, पोखरीको संरक्षण जस्ता कामप्रति थापाले खुशी व्यक्त गरेका थिए ।
महर्जन लगातार दुई कार्यकालका लागि अघिल्लो वर्ष ललितपुरको मेयरमा निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरL पार्टी निर्माण अभियानमा लागेको बताएका छन्। माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा ब...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि मनोनयन दर्ता शुरू भएको छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार साँझ ५ बजेपछि मनोनयन दर्ता शुरू भएको हो । ...
काँकडभिट्टा– नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न ला...
नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयार...
नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...