×

NMB BANK
NIC ASIA

फिल्म ‘वेलकम टु हेम्जाकोट’ले पशुपतिमा गर्‍यो फलफूल वितरण तथा सरसफाइ

काठमाडाैं | जेठ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’टिमका सदस्यहरूले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफूल वितरण गरेका छन् । त्यस्तै, पशुपति क्षेत्रमा यो समूहले सरसफाइ समेत गरेको छ । 

Muktinath Bank

समाजसेवामा पनि हातेमालो गरौँ भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेज प्रसाद दाहालले जानकारी दिए । उनले भने ‘हामी मनोरञ्जन मात्र होइन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले यस्ता काम गरिरहेका छौँ । भोलिको दिनमा पनि निरन्तरता दिनेछौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित यो कार्यक्रममा केही अतिथि कलाकारहरू मिस पवी, सुजन कार्की, थिएटरका चर्चित गुरु सुवलमणी सापकोटा, सुरवी सापकोटा लगायत पनि उपस्थित थिए । कलाकारसहित उनीहरूले फिल्मको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

शुक्रवार मात्रै फिल्मका केही कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’मा पुगेका थिए । फिल्मको प्रमोसनका लागि निर्माण टिमले विभिन्न शैली अपनाएको छ । 

Vianet communication
Laxmi Bank

फिल्ममा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी छ । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा, प्रेविल कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

यो फिल्मले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड समेत जितेको थियो । फेस्टिबलमा उपस्थित अतिथिले फिल्मलाई मन पराएका थिए । 

पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको फिल्मको नाम पनि त्यहीबाट सापट लिइएको हो । यसले स्थानीयस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । 

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार फिल्मका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको करियोग्राफी, शाश्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरूको आवाज सुन्न सकिन्छ । फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । 

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्ट्रेलिया, जापान लगायत युरोपका विभिन्न देशमा फिल्मको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए । उनले भने, ‘अवार्ड समारोहमा हेर्ने अतिथिले दिएको प्रतिक्रियाले उत्साहित छु । आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x