असोज १०, २०८०
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले फुटपाथ व्यवसायीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ईःलाई सम्बोधन गर्दै नेताहरूप्रति आक्रोश पोखेका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत ईःको आन्दोलनमा समर्थन...
मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए। बैठकमा प्रमुख प्रतिपक्ष दल तथा सत्तापक्षीय सदस्यले आआफ्नो धारणा राखे ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रस्तुत विधयेकका सिद्धान्त र प्राथमिकता अघिल्ला आवकै निरन्तरता भएको भन्दै त्यसले प्रदेशका अहिलेका आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले प्रदेशका निमुखा जनताका माग र मुद्दालाई सम्बोधन नगर्ने भन्दै नेता ठाकुरले विज्ञहरूसँग बृहत् छलफल गरेको भए यस्तो नहुने धारणा राखे ।
प्रदेशसभा सदस्य मनोजकुमार सिंहले प्रदेश सरकारले जल, जमिन र जनतालाई प्राथमिकतामा राखेर कृषि, युवा तथा नदी नियन्त्रणका लागि बजेट ल्याउन सुझाव दिए । उनले अहिले मधेसका अधिकांश युवा लागुऔषध दुर्व्यसनीमा फस्दै गएकोले त्यसमा विशेष ध्यान दिन आग्रह गरे । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले प्रस्तुत विधेयकमा भने जस्तै कृषि, पर्यटन र प्रदेशका सम्भावनालाई सम्बोधन गर्ने गरी बजेट, नीति तथा योजना ल्याउन आग्रह गरे ।
अर्का सदस्य रामअषिश यादवले जनताद्वारा चुनिएका जनप्रतिनिधि र यहाँको सरकारले मधेश प्रदेशको विकासका लागि राजश्व वृद्धि, कूल गार्हस्थ्य उत्पादनका क्षेत्रहरूको योगदान वृद्धि, प्रभावकारी योजनामा लगानी वृद्धिको लक्ष्यसहितको नीति आवश्यक रहेको बताए । उनले मधेस प्रदेशमा पर्या—पर्यटन संरक्षणको विषय पनि विधेयकमा प्रष्टरूपमा आउनुपर्ने र सोहीअनुसार बजेटको व्यवस्था हुनेपर्ने धारणा राखे ।
त्यसैगरी जीवछीकुमारी यादवले मधेसको अवस्था, यहाँका घरेलु उद्यमी, महिला तथा कृषिको उत्थानका लागि सिँचाइलगायतका ठोस योजना ल्याउन सरकारलाई आग्रह गरिन् । प्रदेशसभा सदस्यहरू जवाहरलाल कुशवाह, किरणकुमारी, मालाकुमारी कर्ण, जनार्दन सिंह क्षेत्री, प्रमोदकुमार जयशवाल, शेषनारायण यादवलगायतले सीमित साधनस्रोतबाट असीमित आवश्यकतालाई सम्बोधन, कन्या आवासीय विद्यालय, आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको आधार तयार गर्न, बेरोजगारीको अन्त्य गर्न आफ्नै माटोमा सुन फलाउने र बहुसङ्ख्यक गरिब नागरिकको हित हुने योजना ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्नेमा जोड दिए ।
यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरू अनिरुद्रकुमार सिंह, कनिश पटेल, किरणकुमारी, प्रमोदकुमार जयशवालले प्रतिफल दिने गरी योजना तथा कार्यक्रम तर्जुमा, भारतीय नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखिएको बारेमा सङ्घीय सरकारको ध्यानाकर्षण, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल व्यवस्थापन तथा पर्सा, बारा रौतहटमा सिँचाइका लागि बनाइएका नहरमा समयमा पानी नआउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले फुटपाथ व्यवसायीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ईःलाई सम्बोधन गर्दै नेताहरूप्रति आक्रोश पोखेका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत ईःको आन्दोलनमा समर्थन...
नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराए...
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । थप दुई जनाले उम्मेदवारी फाराम लगेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छ...
नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा हिक्मत लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि एमा...
लुम्बिनीपछि बागमतीमा पनि नेकपा (एमाले)को प्रदेश नेतृत्व निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । सहमतिका लागि कोसिस भए पनि आकांक्षीहरू तयार नभएपछि निर्वाचन हुने प्रायः निश्चित भएको हो । अध्यक्ष केपी शर्मा ओ...
नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल सहित चार नेताको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा ढुंगेल र दाहालसहित केशरबहादुर बुढाथोकी र सानुकुमा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...