×

NMB BANK
NIC ASIA

विकास कुलको दुई राष्ट्रिय कीर्तिमान

काठमाडाैं | जेठ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् ।

Muktinath Bank

कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मिटरमा फाइनलमा २ मिनट ३४.७४ सेकेन्ड समयका राष्ट्रिय कीर्तिमान राखेको हुन् । यस अघि दुवै विधाको कीर्तिमान शुभम् श्रेष्ठको नाममा रहेको थियो । ५० मिटरमा शुभमको ३१.५७ र २०० मिटरमा २ मिनट ३६.७५ सेकेन्डको समयको कीर्तिमान रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै नासिर याहा हुसेनले २०० मिटर फ्रिस्टयलमा आफ्नै नाममा रहेको १ मिनट ५९.९४ सेकेन्ड समयको कीर्तिमानलाई हिट चरणमा १ मिनट ५९.६५ सेकेन्ड समयका साथ भङ्ग गरे भने उनले फाइनलमा पुन उक्त समयमा सुधार गर्दै १ मिनट ५८.२३ सेकेन्ड समयमा साथ नयाँ कीर्तिमान कायम गरे ।


Advertisment
Nabil box
Kumari

यस्तै गरी डुवाना लामाले अर्को कीर्तिमान राखिन् । उनले आफ्नै नाममा ५० मिटर ब्रेष्ट स्ट्रोकमा राखेको ३५.८३ सेकेन्डमा समयमा सुधार गर्दै ३५.७९ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरिन् ।

Vianet communication
Laxmi Bank

यसैगरि २०० मिटर ब्याकस्ट्रोकमा तेन्जिङ नामदोल रायन गुरुङ्गले आफ्नो नाममा रहेको २ मिनट ३०.२२ सेकेन्ड समयमा सुधार गर्दै हिट चरणमा २ मिनट २६.६९ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका थिए । उनले पुन फाइनलमा उक्त समयमा सुधार गर्दै २ मिनट २२.१५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । फाइनलमा प्रारम्भ भण्डारीले पनि हिट चरणमा तेन्जिनले कायम गरेको २ मिनट २६.६९ सेकेन्डका समयलाई २ मिनट २६.२३ सेकेन्डले तोडेता पनि तेन्जिनको नाममा अन्तिम कीर्तिमान रह्यो ।

५० मिटर बटरफ्लाईमा अजल काजी ताम्रकारले नयाँ कीर्तिमान राखे । उनले सयद हमजा शाहले राखेको २६.९३ सेकेन्ड समयलाई भङ्ग गर्दै हिट चरणमा २६.७९ समयका साथ नयाँ कीर्तिमान राखे भने फाइनलमा उक्त समयमा सुधार गर्दै २६.५७ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरे ।

यस्तै अर्को कीर्तिमान सस्तिका भण्डारीको नाममा रह्यो । भण्डारीले २०० मिटर बटरफ्लाईमा नयन शाक्यको नाममा रहेको ३ मिनट ९.९१ सेकेन्ड समयलाई भङ्ग गर्दै हिट चरणमा ३ मिनट ६.४५ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x