असोज १०, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ । मन्त्रालयले आज एक सूचना ज...
काठमाडाैं | जेठ २२, २०८०
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरुप लिनका लागि सक्रिय हुनुपर्ने बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिन सक्छ ।’
दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुशी व्यक्त गर्दै उनले प्लास्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनीकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको उल्लेख गरेका छन् ।
उनले बढ्दो बसाइसराई, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दीगो विकासका लागि चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने बताए ।
‘विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष पछिल्लो समय नेपालको वातावरण प्रदूषणले स्वास्थ्य, आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा पनि गम्भीर प्रभाव परेको बताउँदै उनले भने, ‘पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भाबी पिँढीलाई प्रकृतिसँग माया र प्रेम गर्न सिकाउँदै वातावरण प्रदूषणले सिंगो मानव जातिमाथि पार्ने प्रभावको न्यूनीकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनुपर्छ ।’
उनले शुभकामना सन्देशमार्फत मानव क्रियाकलापले वन, जैविक विविधता संकटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरूको सामना गरिरहनुपरेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दीगो संरक्षणमा एकजुट भई लाग्न अपिल गरेका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ । मन्त्रालयले आज एक सूचना ज...
काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउ...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले बुधवार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले बिहीवार अनन्त चतुर्दशीको अवसरमा सार्वजनिक बिद...
चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् ...
नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा ...
विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिन...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...