×

Dabur
MG

स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन, अध्यक्षमा दीपक विश्वकर्मा

काठमाडाैं | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन भएको  छ ।

yONNEX
Sagarmatha Cement

देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला गरी स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन गरिएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

काठमाडौंको राष्ट्रिय सभागृहमा शनिवारदेखि शुरू भएको भेलाले आइतवार धादिङको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा महासंघ गठन गरिएको हो ।
  
महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

महासंघको महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना विकलाई उपमहासचिव चयन गरेको छ ।

Vianet communication
Laxmi Bank

सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुमबहादुर चयन भएका छन् । कोषाध्यक्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन् ।
 
शनिवार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेलाको उद्घाटन गरेका थिए । आइतवार जातीय छुवाछुत मुक्तराष्ट्र घोषणाको १७ वर्ष पुगेको अवसरमा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ घोषणा गरिएको अध्यक्ष दीपक विश्वकर्माले जानकारी दिए ।
  
महासंघले देशैभरका स्थानीय तहमा दलितमैत्री नीति कानून, योजना, कार्यक्रम र बजेट निर्माणमा सहयोग पुर्‍याउने छ ।
 
दलित जनप्रतिनिधिहरूको क्षमता विकास, सशक्तीकरण गर्नुका साथै असल अभ्यासको सिकाइ आदानप्रदान गर्दै दलित अधिकार र विकासका निमित्त लक्ष्य लिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
 
भेलाले १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा जेठ २१ गतेलाई दलित अधिकार दिवस मनाउनुपर्ने मागदेखि एक पालिका एक दलितलाई छात्रवृत्तिमा एमबीबीएस डाक्टर पढाउने विषय समेटिएको छ ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेलको उम्मेदवारी दिएका छन् । उनकाे प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि एमालेको बागमत...

असोज १०, २०८०

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । थप दुई जनाले उम्मेदवारी फाराम लगेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छ...

असोज १०, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले फुटपाथ व्यवसायीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ईःलाई सम्बोधन गर्दै नेताहरूप्रति आक्रोश पोखेका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत ईःको आन्दोलनमा समर्थन...

असोज १०, २०८०

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताएका छन् ।  आज धनगढ...

असोज १०, २०८०

नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् । खड्काले पार्टी केन्द्रीय क...

असोज १०, २०८०

नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका कैलाश ढुंगेल​ र कृष्णप्रसाद दाहाल सहित चार नेताको उम्मेदवारी परेको छ ।  अध्यक्षमा उम्मेदवारी दिनेमा ​ढुंगेल र दाहालसहित केशरबहादुर बुढाथोकी र सानुकुमा...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x