×

NMB BANK
NIC ASIA

गर्मी बढेपछि ५ दिन विद्यालय बन्द

तनहुँ | जेठ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमवारदेखि ५ दिन बन्द भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

देवघाट गाउँपालिकाले सोमवारदेखि १ र ५ नम्बर वडाका सबै विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण २ वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उनले बताए । अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

Vianet communication
Laxmi Bank

व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले मंगलवारदेखि गर्मी बिदा दिएको छ । व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए ।

गर्मी बढी नै भएको तथा विद्यालयमा सुक्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले विद्यालय व्यवस्थापन समितिको आइतवारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टी हुने गरी बिदा दिइएको उनले बताए ।

व्यास नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।

बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x