असोज १२, २०८०
सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...
काठमाडाैं | जेठ २३, २०८०
सरकारले पछिल्लो समय भन्सार राजस्व चुहावट कम गर्नका लागि भन्दै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) २२ स्थानमा थपेको छ ।
झापाको डाँगाबारी र आल्तामारी, सुनसरीको हर्बोनी, मोरङगको तारिगामा र मधुमल्ला, सप्तरीको काचन, बाराको सनफुलवा, बाँकेको गुर्जनगौरी र बडवागाउँ, बर्दियाको मानपुर टपरा, शक्तिपुर खैरीचन्दरपुर झप्टी, जमुनी, सानो डाँफे, टेपरी र शंकरपुर, दाङको भौरेसाल, बोक्यास्यारी (मुसी नाका), सुख्खा नाका, फोहरी कल्याणपुर र छेग्रियामा नयाँ बीओपी थपिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नयाँ बीओपी थप्ने लहर चले पनि कतिपय ठाउँमा अहिले पनि सशस्त्र प्रहरीका कर्मचारी पालमुनि बस्नुपर्ने बाध्यता छ । सरकारले बीओपीहरूलाई स्रोत/साधन सम्पन्न बनाउनेभन्दा पनि संख्या थप्नेतर्फ ध्यान दिएको छ ।
सशस्त्रलाई सीमा सुरक्षाका लागि समर्पित फौजको रूपमा लैजाने भनेर अवधारणा बनाएपछि सशस्त्रले आफूहरूसँग स्रोत र साधन नभएको भनेर भन्न नमिल्ने आवस्था रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
‘सरकारको लक्ष्य नै डेडिकेटेड फोर्सका रूपमा लैजाने भनेपछि हामीले स्रोत साधन भएन भनेर मिल्दैन,’ प्रवक्ता खड्काले लोकान्तरसँग भने, ‘हामीसँग भएको स्रोत र साधनको उच्चतम प्रयोग गर्ने भन्ने संगठनको नीति छ ।’
उनका अनुसार बीओपीमा भएका स्रोत साधनको अवस्थाबारे तालुक मन्त्रालय गृहमन्त्रालयमा सबै कुराको जानाकारी भएको छ । त्यसका आधारमा मन्त्रालयमार्फत सरकार हुँदै स्रोत साधनको व्यवस्था गर्न पहल गरिरहेको प्रवक्ता खड्काले बताए ।
सरकारले भविष्यमा थप ५ वटा बीओपी बनाउने लक्ष्य लिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार दक्षिणी सिमानाको काउन्टर पार्टमा प्रत्येक ३ किलोमिटरमा सीमा सुरक्षा फौज रहेका छन् ।
नेपालतर्फ करीब १० किलोमिटरको हाराहारीमा बीओपी स्थापना भएका छन् । भारतीय सीमा सुरक्षा बलको नजिक–नजिक ल्याउन अर्थात् ५ किलोमिटरको हाराहारीमा बीओपी थप गर्नुपर्ने अवस्था रहेको प्रवक्ता खड्काको भनाइ छ ।
सशस्त्रले नेपाल–चीन सीमाको तिंकर सिमानामा पनि बीओपी राख्ने तयारीको अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले सीमा क्षेत्रमा भइरहेका अपराध नियन्त्रण, सीमा अतिक्रमणलगायतका विषयहरूलाई रोक्न सकिने भएकाले बीओपी बढाउनुलाई नराम्रो भन्न नमिल्ने पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीईजी) कृष्णभक्त ब्रह्माचार्यले बताए ।
तर, स्थापना भएका बीओपीहरूमा आवश्यक पर्ने सामग्री र सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने आवश्यकता रहेको पूर्व डीआईजी ब्रह्माचार्यको छ ।
‘बीओपी बढाउँदा राज्यलाई फाइदा हुन्छ नै तर थपिएका बीओपीहरूमा सेवा सुविधाहरू र भौतिक संरचनाको विकास भने राम्रो हुनुपर्छ,’ ब्रह्माचार्यले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिले सशस्त्रलाई सीमामा सीसीटीभी, नाइट भिजन क्यामेरा लगायतका उपकरणको आवश्यकता देखिन्छ, सरकारले त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।’
सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको प्रहरी चौकी एक ठाउँभन्दा पनि फरक–फरक ठाउँमा राख्दा त्यसले राज्यलाई सीमा सुरक्षाका लागि सहज हुने तर्क उनले गरे ।
दक्षिणका ४५ बीओपी भन्सार गुल्ममा स्तरोन्नति
सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ मजबुत बनाउन ४५ वटा ‘सीमा सुरक्षा गुल्म’ स्थापना गर्ने भएको छ ।
पछिल्लो समय राजस्व चुहावट, चोरी तस्करी लगायत बढेकाले त्यसलाई नियन्त्रण गर्न सीमा सुरक्षा गुल्म स्थापना गर्ने प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
‘सीमा क्षेत्रका विभिन्न विषयलाई ध्यान दिएर ४५ ठाउँका बोर्डर आउट पोस्ट (बीओपी)लाई गुल्मका स्तरोन्नति गर्न लागिएको हो,’ डीएसपी थापाले लोकान्तरसँग भने ।
उनका अनुसार सीमामा हुने चोरी निकासी, लागूऔषध तस्करी, राजस्व चुहावट भएको देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि देशको दक्षिणी सीमा अर्थात भारतीय सीमा नाकाहरूमा सीमा सुरक्षा गुल्म राखिने भएको हो ।
सशस्त्रले देशका बढी भीडभाड हुने र कारोबार धेरै हुने नाकाका बीओपीलाई उस्तरोन्नति गरेर गुल्ममा परिणत गर्ने भएको हो । गुल्ममा परिणत गरेपनि आर्थिक भार भने नथपिने डीएसपी थापाले दाबी गरे ।
‘पुरानै बीओपीका कर्मचारीलाई व्यवस्थापन गरेर चलाउने भएकाले आर्थिक हिसाबले कुनै भार पर्दैन,’ सहायक प्रवक्ता थापाले भने, ‘अहिले पुरानै भवन र जनशक्तिबाट गुल्म सञ्चालन हुन्छ ।’
एउटा भन्सार सुरक्षा गुल्मले त्यो ठाउँको अवस्था हेरेर २ देखि ७ वटा बीओपीलाई कमान्ड गर्नेछ । गुल्म थप्दा चेनअफ कमाण्डलाई पनि बलियो बनाउने सशस्त्रले दाबी गरेको छ । गुल्म स्थापना भएपछि बीओपीको कमान्डले गुल्मको कमान्डर र गुल्मको कमान्डरले जिल्लाको कमान्डरलाई बिफ्रिङ गर्नेछ । अहिले बीओपीको कमान्डरले सिधै जिल्लाको कमान्डरलाई बिफ्रिङ गर्दै आएको छ ।
अहिले बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा अवस्था हेरेर ३५ जना कर्मचारीहरू रहँदै आएका छन् । अहिले उत्तरतर्फ ८ वटा बीओपी र दक्षिण तर्फ २२८ वटा बीओपी छन् । निवर्तमान आईजीपी शैलेन्द्र खनालले ५२० वटा बीओपी स्थापना गर्ने योजना बनाएका थिए । वर्तमान आईजीपी राजु अर्याल भने बीओपी बढाउने भन्दा भएकै बीओपीको क्षमता बढाउने पक्षमा रहेको एपीएफका एक अधिकृतले बताए ।
केही बीओपीमा पाल, काठको घर र खुला आकाशमुनि बसेर सीमा सुरक्षा गर्नुपर्ने बाध्यता छ भने अधिकांश बीओपीहरू भाडाको घरमा छन् ।
यसअघि भन्सार गुल्म, राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म र राजस्व चुहावट नियन्त्रण गुल्म १२ वटा थिए । २०७५ सलामा सरकारले त्यसलाई खारेज गरिदिएको थियो ।
कहाँ–कहाँ बस्दैछ सीमा सुरक्षा गुल्म ?
सशस्त्रले देशभरका ४५ ठाउँका बीओपीलाई गुल्ममा स्तरोन्नति गर्दैछ । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, घेराबारी र गौरीगञ्ज गरी ४ ठाउँ, मोरङको बरदङ्गा, सोराभाग र रानी गरी ३ ठाउँ, सुनसरीको कप्तानगञ्ज र हरिपुर, सप्तरीको तातो नाका, सिराहाको इनरुवा र माडर, धनुषाको मौनाथपुर र जटहीमा सीमा सुरक्षा गुल्म रहने भएको छ ।
यस्तै, महोत्तरीको जलेश्वर र रघुनाथपुर, सर्लाहीको मलङ्गवा र सिमरा, रौतहटको गौर, बाराको पिपरपाटी, पर्साको वीरगञ्ज, अलउ, लहावर, थकरी भीखमपुर र सुवर्णपुर गरी ५ ठाउँ, चितवनको थर्थरे, पश्चिम नवलपरासीको हरपुर, पूर्व नवलपरासीको डण्डा, रुपन्देहीको सुनौली, कपिलवस्तुको कृष्णनगर र चाकर चौडा, दाङको कोइलाबास, बाँकेको नरैनापुर र जमुनाह, बर्दियाको कन्ठपुर र राजापुरमा पनि गुल्म राखिने भएको हो ।
यसैगरी, कैलालीको खक्रौला, खोनपुर, गुलरियाघाट र त्रिनगर गरी ४ ठाउँमा, कञ्चनपुरको बेलौरी, देवीस्थान र गड्डाचौकी नाका तथा दार्चुलाको गोलजिवीमा बीओपीलाई भन्सार गुल्ममा स्तरोन्नति गरिने भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...
तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ ग...
वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...
दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरील...
दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो । दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबे...
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...