२६ जेठ २०८३, मंगलबार
नामकरण विवाद

आन्दोलनरत पहिचान पक्षधरसँग सम्वाद गर्न कोशी सरकारले बनायो वार्ता समिति

जेठ २४, २०८०
काठमाडौं
आन्दोलनरत पहिचान पक्षधरसँग सम्वाद गर्न कोशी सरकारले बनायो वार्ता समिति

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति बनाएको छ । 

आज (बुधवार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचाईं मन्त्री तिलकुमार मेनाङवाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । 

उनका अनुसार समितिमा कृषिमन्त्री भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । 

सरकारले केही दिनअघि वार्ताका लागि आह्वान गरेको थियो । 

नामकरणविरुद्ध पहिचान पक्षधरले गत फागुन १७ गतेदखि आन्दोलन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्