असोज ९, २०८०
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो। पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालक...
मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे भने विमल घर्तीमगरले एक गोल थपे ।
यता हिमालयन शेर्पाका लागि पिस्टोन मुटुम्बाले एक गोल फर्काए । खेलको २६औँ मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । उनले पुजन उपरकोटीको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरे ।
त्यस्तै खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७७औँ मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । जसको सदुपयोग आलावालेले गरे ।
त्यसपछि खेलको ९०औँ मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत एक गोल फर्काए । यस जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको हो । पराजित हिमालयन शेर्पाले २५ खेलमा ३१ अङ्क जोडेको छ ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो। पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालक...
१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ...
१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङगोलियासित खेल्दैछ । नेपाल र मङगोलियाबीचको खेल नोपली समयअनुसार अहिले बिहान ६ :४५ मा शुरू हुँदै छ । चीनको हांग्जाउमा ...
१९औँ एसियाली खेलकुदअन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ । चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ ...
घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।&...
नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनमा जारी पुरुष क्रिकेटअन्तर्गत मल्लले मंगोलियाविरुद्ध जारी खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बना...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...