असोज १०, २०८०
बौद्ध धर्मका गुरू ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । व्योम कुसुमा बुद्ध धर्म सङ्घका अध्यक्ष मुकुन्द विष्टले यही असोज २७ मा तारागाउँ खुला चौरमा महाभिषेक गरिने ...
मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन् ।
५–५ वर्षमा आयोजना हुने महापूजा यसपालि गत शुक्रवार शुरू भएको हो । भोलि शुक्रवार मुख्यपूजाको तयारी रहेको मन्दिरमा अहिले माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु भरिभराउ छन् ।
महापूजा अवधिमा भाकलस्वरूप माईको पोल्टामा वस्त्रआभूषण, द्रव्य र नरिवलसहितका फलपूmल अर्पण गरिने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ ।
पञ्चवर्षीय महापूजा प्रारम्भ भएसँगै संसारीमाईको दर्शन र पूजाआराधना गर्न दैनिक हजारौँ श्रद्धालु पुग्दैछन् । मिथिलामा श्रद्धालु भक्तजनले भाकलस्वरूप ‘खोइछ’ भर्ने चलन छ । यसअघि माईको पुकारा गरी आफ्नो बह पोखेका भक्तजन यसपालि आपूmले मागेको कुरा पाएपछि ‘खोइछ’ भर्न आएका हुन् । यो क्रम आज बिहीवारसम्म चल्ने मुख्य पुजारी ६४ वर्षीय महिन्द्र मुखिया बताउँछन् ।
पहिलो दिन महापूजा संकल्प र दोस्रो दिन शोभाकलश यात्रा सम्पन्न गरिएसँगै मन्दिरमा श्रद्धालुले दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न थाल्छन् । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवी (संसारीमाई)को सारीको अँचरा (पोल्टा)मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ । यो विधि पुरुषले पनि गर्न सक्छन् । तर ‘खोइछ’ भर्ने कार्यमा महिला सहभागिता बढी देखिने गरेको मुख्य पुजारी मुखिया बताउँछन् ।
संसारीमाईलाई सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी, पापनासक र नगर संरक्षक मानिन्छ । संसारीमाईको महापूजा प्रचलन भने ग्राम (गाउँबस्ती) सुरक्षाको अभिष्ट रहेको यसपालिको संसारीमाई महापूजा व्यवस्थापन समिति–२०८० का अध्यक्ष अशोककुमार साह बताउँछन् ।
परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिँदै आइएको जलेश्वर नगरवासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेव मन्दिरको सम्मुख वरुण सर (सरोवर, तलाउ) डिलमा संसारीमाईको मन्दिर छ । संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जलेश्वर नगर प्रमुख सुरेश साह सोनार बताउँछन् ।
अहिले मन्दिरमा साप्ताहिक महापूजाअन्तर्गत नियमित चण्डीपाठ भइरहेको छ । महापूजा मेलामा भारतीय श्रद्धालुको संख्या दिनदिनै बढिरहेको समितिले जनाएको छ । अहिले जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुहरूको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँठाउँमा खानेपानी र शौचालय सुविधा बढाइएको नगरप्रमुख साहले बताए ।
धेरैअघि १२–१२ र त्यसपछि ७–७ वर्षमा हुँदै आएको महापूजा पछिल्लो २ दशकयता ५–५ वर्षमा आयोजना गरिन थालिएको हो । श्री संसारीमाईको महापूजा जलेश्वर नगरका लागि महापर्व भएको आम नगरवासी बताउँछन् ।
श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घर–घरैजसोबाट पशुपक्षी बलि दिइन्छ । सन्सारीमाईलाई बोका, परेवा/कुखुरा, भेडा, सुँगुर र राँगा बलि दिने चलन छ । यो महापूजा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।
बौद्ध धर्मका गुरू ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । व्योम कुसुमा बुद्ध धर्म सङ्घका अध्यक्ष मुकुन्द विष्टले यही असोज २७ मा तारागाउँ खुला चौरमा महाभिषेक गरिने ...
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं ललितपुर, भक्तपुर, धुलिखेल, दोलखाल...
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ । श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पत...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...