×

Dabur
MG

सरसर्ती २४ घण्टा

गर्मीले रेकर्ड ब्रेक, तराईका भूभागमा तातो हावा

काठमाडाैं | जेठ २६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेको आफूलाई लागेको बताएका छन् ।

yONNEX
Sagarmatha Cement

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले बिहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग यसबारे बोलेका हुन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । 
००००
देशभर अचाक्ली गर्मी बढेको छ । वर्षा नहुँदा गर्मी बढ्दै जनजीवन प्रभावित बनेको छ ।  जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले तापक्रमको अहिलेसम्मकै सबै उच्च रेकर्ड तोडेका छन् । यस्तै अरु १३ स्टेशनहरुले पनि यो वर्षको जुन महिनाको सबै रेकर्ड तोडेका छन् । 

Vianet communication
Laxmi Bank

महाशाखाका अनुसार नवलपुरको दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड गरिएकोमध्ये सर्वाधिक तापक्रम हो । यस्तै गौरको तापक्रम ४३ रेकर्ड गरिएको छ । गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । 
००००
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा चल्ने जनाएको छ ।
शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यसबारे जानकारी गराएका हो । महाशाखाले कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भने मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
 

अत्यधिक गर्मी तथा मेघगर्जन, चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
००००
यसैबीच सांसहरूले तराई–मधेशमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएकाले आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेशका जिल्लामा गर्मीका कारण लू चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित गर्न माग गरिन् । 

सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएको अवस्थामा समाधानका आवश्यक उपाय अपनाउन माग गरे । 
००००
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । 

 कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।  
००००
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

सभाको बिहीबार बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिएका छन्। यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरे। बैठक शुक्रबार पनि जारी रहनेछ ।
००००
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको बिहीबार बसेको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।  
००००
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।
बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताए ।
००००
विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
००००
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीवार भएको खेलमा चीनसँग नेपाल पराजित भएको छ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।
००००
अखिल नेपाल फूटबल संघ (एन्फा)ले भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि बिहीवार नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरेको छ । 

आगामी असार ६ गतेदेखि सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
००००
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङलाई मनोनीत गरेका छन् । देउवाको संसदीय दलको विधानअनुसार थिङलाई सचेतकका मनोनीत गरेको हुन् । 
००००
नेपाल प्रहरीको साइबर ब्यूरोले हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका विषयमा अनुसन्धान थालेको छ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बिहीवार सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरूलाई सरकारले प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको आरोप लगाए । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको उनले बताए ।
००००
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारलाई कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले दुव्र्यवहार गरेका छन् । उदयपुरको गाईघाटमा उपसभामुख दनुवारलाई आन्दोलनरत पक्षका कार्यकर्ताहरूले दुव्र्यवहार गरेका हुन् । उनीहरूले उपसभामुख दनुवार चढेको गाडीको झण्डा निकालेर आक्रमणको प्रयास गरेका थिए ।

यस्तै, पहिचान पक्षधर कार्यकर्ताले नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य राम राना मगरलाई इलाममा कालोमोसो दलेका छन् ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक भक्तपुरमा शुरु भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए। बैठक शुक्रबार सकिनेछ । 
००००
संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले अर्थमन्त्री र पहुँचवाला नेताले आफ्नो जिल्लामा बजेट खन्याएकोमा विरोध जनाएका छन् । तर, अहिले खन्याइएको बजेटका आधारमा ५ वर्षपछि जनताले भोट नदिने उनको दाबी छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बिहीवार बिहान बुटवलको गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकारको उद्घाटन गरेका हुन्।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् ।  आज स्थानीय समयअनुसार बिहान ...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ ।​​ साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय ...

असोज ६, २०८०

नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...

असोज ६, २०८०

नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।  प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x