
रेशमको कपडामा विद्युतीय—चुम्बकीय ऊर्जा आकर्षण तथा भण्डारण गर्ने क्षमता हुन्छ ।
शरीर र रेशमी कपडाका बीचको घर्षणले विद्युतीय तरंग पैदा गर्छ । शास्त्रहरूका अनुसार यो विद्युतीय ऊर्जाले भक्तको मनमा सकारात्मक असर पु-याउँछ ।
पूजा गर्दाका बखत उत्पन्न भएका यी तरंगलाई रेशमी वस्त्रले शरीरमा भण्डारण गर्छ । त्यत्तिकै खेर जाने यी तरंगलाई रोक्ने बाहिरी वस्त्रले मनलाई बलियो बनाएर ध्यान एकत्रित गर्न सहयोग पु-याउँछ ।
ध्यान भंग भएको पूजा फलदायी हुँदैन भन्ने विश्वास छ । त्यसैले विश्वभरका हिन्दु महिलाले पूजाका बेलामा रेशमको सारी लगाउने गर्दछन् ।