
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत जनस्वास्थ्य अधिकृत लेखनाथ भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार घुस रकमसहित शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका छैटौं तहका ल्याब टेक्निसियन हुन् ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।