×

Dabur
MG

सत्ता टिकाउन सकस

कोशी सरकार टिकाउन एकीकृत समाजवादीलाई फकाउँदै एमाले : दुई मन्त्रालय दिने आश्वासन

काठमाडाैं | जेठ २६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा (एमाले)ले पार्टी नेतृत्वको कोशी सरकार जोगाउन नेकपा (एकीकृत समाजवादी) लाई फकाउन थालेको छ । केही समय अघिसम्म पार्टीको अस्तित्वसमेत स्वीकार्न हिच्किचाउने एमाले बहुमत जुटाउन एकीकृत समाजवादीलाई फकाउन थालेको हो ।

yONNEX
Sagarmatha Cement

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै संकटमा परेको कोशी सरकार बहुमत जुटाउन एकीकृत समाजवादीलाई फकाउन लागेको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

वर्तमान सरकारमा सहभागी भए दुइटा मन्त्रालय दिने अनौपचारिक प्रस्तावसमेत एमालेले एकीकृत समाजवादीलाई पठाएको नेताहरू बताउँछन् । दुई जनालाई मन्त्री बनाइदिने आश्वासन एमालेले दिएको एकीकृत समाजवादीका एक सांसदले जानकारी दिए । ‘पहिला हामी सँगै थियौं । अब पनि ढिलोचाँडो सँगै भइहालिन्छ, सँगै काम गरौँ भनेर एमालेका केन्द्रीय नेताहरूले फोन गरिरहनुभएको छ,’ उनले भने । कोशी प्रदेशमा एकीकृत समाजवादीका चार जना सांसद छन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

एमालेले सरकारमा सहभागी हुन प्रस्ताव गरेको एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङ राईले पुष्टि गरिन् । मन्त्री दिने आश्वासनसमेत आएको उनले स्वीकार गरिन् । ‘केन्द्रीय तहका नेताहरूले तपाईंहरूसँग मिलेर सरकारले काम गर्न चाहेको भनिरहनुभएको छ। बिचमा तीतामिठा भए पनि हामी बिचमा त्यस्तो केही छैन भनिरहनुभएको छ,' एमाले नेताहरूलाई उदृत गर्दै उनले भनिन्, 'मुख्यमन्त्रीज्यूले तपाईँहरूसँगै बसेर काम गर्ने इच्छा राख्नुभएको छ भनेर फोन आउने गरेको छ ।'

Vianet communication
Laxmi Bank

कसले फोन गरेको भन्ने उनले खुलाइनन् । स्रोतका अनुसार चाम्लिङलाई मुख्यमन्त्री कार्कीले नै फोन गर्न नै लगाएका थिए । मुख्यमन्त्री कार्कीका दाजु दीपकले फोन गरेका थिए । 

'फ्लोर क्रस' गरेर भए पनि विश्वासको मत दिन एकीकृत समाजवादीका सांसदलाई एमालेले आग्रह गरेको छ । एकीकृत समाजवादी राष्ट्रिय पार्टी पनि नभएकोले विश्वासको मत दिँदा कारबाही नहुने उनीहरूको तर्क छ । 

एमालेले सरकारले विश्वासको मत नपाउँदा मध्यावधिमा जान सक्ने भन्दै डर पनि देखाउने गरेका छन् । पाँचथर १ (१) बाट निर्वाचित सांसद कमल जवेगु लिम्बूले पनि सरकारमा सहभागी हुने वातावरण बनाउन भन्दै फोन आउने गरेको बताए ।

‘पहिला माधव नेपाल समूहका नेता (१०) बुँदेलाई एमाले अध्यक्ष ओली निकटकाले फोन  गरेर फकाइदिन भनेर भन्दा रहेछन्’,  जबेगुले भने ‘मन चोर्न खोज्छन् । अनि गाली खान्छन् र हाँस्दै फोन राख्छन् ।’

मध्यावधिमा जाँदा तपाइहरूको विचार के छ भनेर बिहीवार मात्र दुई जनाले फोन गरेको उनले बताए। 

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका (सभामुखसहित) १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसद छन् । 

सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहे एमालेलाई बहुमतका लागि थप एक जना सांसद भए पुग्छ ।

संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । 

मुख्यमन्त्री कार्कीले असार १५ गते भित्रमा विश्वासको मत लिने बताएका छन् । 

बजेटपछाडि विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । पहिला बजेट त्यसपछाडि मात्रै विश्वासको मत लिने उनले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...

असोज १३, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो ।  यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...

असोज १३, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...

असोज १३, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x