असोज ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...
काठमाडाैं | जेठ २६, २०८०
नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका हुन् ।
उनीहरूले रायमाझी निर्दोष भएकोले साधारण तारेखमा छोड्नुपर्ने जिकिर गरेका छन् । प्रकरणमा रायमाझी निर्षोष रहेको र कुनै प्रमाणसमेत नभएको भन्दै साधारण तारेखमा छोड्नुपर्ने उनीहरूको दाबी छ ।
नक्कली शरणार्थी प्रकरणमा बुधवारदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरू भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रकरणको थुनछेक बहस भइरहेको छ ।
थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।
क्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ पक्राउ परेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित ३० जनाविरुद्ध सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ । साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...
नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...