असोज १३, २०८०
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कृषि, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको नीति कार्यक्रममा १६९ बुँदा समावेश गरिएको छ ।
लुम्बिनी सरकारले गौरवका आयोजनाको विकासका लागि प्राथमिकताको नीति लिएको छ ।
उज्यालो लुम्बिनी प्रदेश गर्न विद्युतको स्तरोन्नति गर्ने, दुर्गममा वैकल्पिक उर्जाको नीति लिएको छ । विद्युतीय उर्जा खपत बढाउदै विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै १२ वटै जिल्लामा चार्जिङ स्टेशन बनाउने नीति लिएको छ ।
सरकारले आगामी वर्षको नीति कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धिमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नीति कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सतही आएको प्रतिक्रिया दिएको छ ।
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले नीति कार्यक्रम समग्र विषयवस्तु नै फितलो र हल्का रहेको बताए । ‘प्रदेशको समृद्धिका जुन आधार थिए तीनलाई साकार बनाउने खालका कार्यक्रम बनाइनुपर्ने थियो त्यसमा ध्यान दिइएको पाइएन ।
बरु यसले निराश बनाउने काम गरेको छ । अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन गरेको पनि पाइएन ।’ गिरीले भने ।
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...