×

ओडिशा रेल दुर्घटना : एउटै शवमा दुई/तीन परिवारको दाबी

काठमाडाैं | जेठ २६, २०८०

भारतको आडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् । 

Laxmi Bank

उनीहरूले आफन्तका शवहरू खोजिरहेका छन् । 


Advertisment

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा क्षतविक्षत भएका शवहरू पहिचानमा समस्या भइरहेको छ । एउटै शवमा दुई/तीन पिरवारले दाबी गरिरहेका छन् । कतिपय घर पुर्‍याइसकेका शवहरूमा पनि अरुले दाबी गरेका छन् । 


Advertisment

पश्चिम बंगालका शिवनाथको छोरा विपुल तिरुपतिबाट बेंग्लौर आइरहेका थिए । जो दुर्घटनामा परे । आफ्नो छोराको फोटो टीभीमा देखेपछि उनी ओडिशा पुगे । 

तर, मुर्दाघर पुग्दा उनले आफ्नो छोराको शव भेटेनन् । सोधपुछ गर्दा उनको छोराको शव अरु नै कसैले लिइसकेको रहेछ । 

उक्त शव कसेले दाबी गरेपछि बिहार पठाइएको अधिकारीहरूले जानकारी दिएका थिए । 

यस्तो घटना उनी एक्लैको मात्रै होइन । 

अरु पनि धेरै आफन्त छन् जसले आफ्नाहरूको शव फेला पारिसकेका छैनन् । 

रेल दुर्घटनामा ज्यान गुमाएका एउटै शवमाथि दुई/तीन जनाले दाबी गरिरहेका घटनाहरू धेरै छन् । 

दुर्घटनामा ज्यान गुमाएका बिहारको मुजफ्फरपुर निवासी अखिलेश रायका बुवा दुर्घटनास्थल पुगे । तस्वीर देखाएर शव पनि पहिचान गरे । त्यही शवमा अरु तीन जनाको पनि दाबी थियो । 

यस्तै ४२ वर्षीय पुरुषको शव उनका भाइलाई दिइएको थियो । तर, पछि सोही शवमा पश्चिम बंगालको एक परिवारले दाबी गर्‍यो । 

बिहारका मोहम्मत इमामले आफ्नो दाइको शव फेला पारेका छैनन् । १२ वर्षीय भतिजको शव भने भेटिएको छ । तर, भतिजको शवमा अरुको पनि दाबी छ ।

शव पहिचानमा समस्या भएपछि अहिले भने डीएनए टेस्ट गरेर मात्रै शव दिने तयारी गरिएको छ । 

दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । 

अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।भारतीय सञ्चार माध्यमको सहयोगमा

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x