असोज ५, २०८०
डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ...
चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाखसम्म)मा आइपुग्दा अर्थतन्त्रका सबै सूचक सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स आयमा उल्लेख्य सुधारले अर्थतन्त्रका सूचकमा सुधार आइरहेको छ ।
तथ्याङ्कअनुसार १० महिनामा १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक औसतमा १ खर्ब रुपैयाँका दरले भित्रिएको यही रेमिट्यान्सको ढाडसले अर्थतन्त्रको सुधारमा सहयोग गरिरहेको छ ।
देशको अर्थतन्त्रको बाह्य सूचक वैशाखसम्म आइपुग्दा अब्बल अवस्थामा रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अर्थतन्त्रका बाह्य सूचकमा रेमिट्यासमा भएको वृद्धि र शोधनान्तर बचतसँगै उल्लेख्य सुधार आएको छ ।
केन्द्रीय बैंकले पछिल्लो समय लिएको नीतिको कारण अर्थतन्त्रमा पछिल्लो ६ महिनादेखि निरन्तर सुधार देखिएको हो । आयात घटेको, रेमिट्यान्स बढेको, विदेशी मुद्राको सञ्चितिमा सुधार आएको र देश भित्रने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)मा सुधार आएकोले पनि अर्थतन्त्रको बाह्य सूचक अब्बल देखिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
आयात धान्ने क्षमता ६ महिनासम्म झरिसकेको अवस्थाबाट सुधार भएर ९ महिनासम्म धान्न सक्ने अवस्थामा पुगेको छ । चालु खाता एवं शोधनान्तर स्थितिमासमेत उल्लेख्य रुपमा सुधार भइरहेको छ ।
अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार वैशाखसम्ममा ७ खर्ब ५६ अर्ब राजस्व संकलन भएको छ । यो अवधिमा खर्च भने १० खर्ब ४७ अर्ब भएको कारण आन्तरिक अर्थतन्त्र भने संकुचनमा छ । यो समयसम्ममा बैंकिङ प्रणालीमा ३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ ।
नेपाल सरकारसँग नगद मौज्दात नै यो अवधिसम्ममा १ खर्ब ८० अर्ब रुपैयाँ रहेको पनि तथ्याङ्कले देखाएको छ ।
डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ...
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् । न्यौपाने माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि माछापुच्छ्रे बैंक...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न भएको छ । देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरू सहित करिब २०० भन्दा बढीक...
ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पा...
संविधानको मर्म र आयकर ऐनविपरीत आर्थिक ऐन, २०८० मा 'भूतप्रभावी' व्यवस्था राखेर अतिरिक्त कर लगाउने सरकारी कदम विवादित बनेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटअन्तर्गत आएको आर्थिक ऐनमा भूतप्रभावी व्य...
नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...