असोज ६, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्...
सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।
आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए । उनले भने, “सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।”
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताए ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताए । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बताए ।
राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताइन् । स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले यसअघिका सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तै यो नीति कार्यक्रम देखिएको भन्दै यसले कुनै नयाँ अवस्थाको खोजी नगरेको बताइन् ।
यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको आगामी आव २०८०/८१ को नीति कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट शुरू हुँदैछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शुक्रबार चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आज हाङजाउमा हुने १९औँ एसिय...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ‘विदेशी सहयोगमा पहिचानको आन्दोलन भइरहेको’ आरोप लगाएका छन् । शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले पहिचानको आन्दोलनलाई जबरजस्ती उठाइएकोसमेत बताए । &...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवस...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पा...
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...