
जहाज दुर्घटना भएको ४० दिनपछि अमेजन जंगलमा चार बालबालिका जिवितै भेटिएका छन् । चारै जना भाइबहिनी हुन् ।
कोलम्बिया र कैक्वेटाको सिमानाबाट शुक्रवार उनीहरूको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरूको उमेर १३, ९, ४ र एक जनाको एक वर्षका छन् ।
जहाज मे १ मा कोलम्बियामा दुर्घटना भएको थियो ।
जसमा पाइलटसहित तीन जनाको ज्यान गएको थियो । ज्यान गुमाउने उनीहरूकी आमासमेत थिइन् ।