२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- युक्रेनको वारले हो हाम्रो नदीहरू सित्तैमा भारतलाई दिएर आएको ?

जेठ २७, २०८०
काठमाडौं
प्रधानमन्त्रीलाई ओलीको प्रश्न- युक्रेनको वारले हो हाम्रो नदीहरू सित्तैमा भारतलाई दिएर आएको ?
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन् । 

शनिवार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले दुई नदी सित्तैमा दिएर आएको आरोप लगाएका हुन् । 

'भारत भ्रमणमा के गरेर आउनु भयो ? दुई वटा नदी कौडीको मोलमा दिनुभएको छ । बाँध बाँधेर जमाइएको पानी हाम्रो हो । हाम्रो अधिकारको कुरा हो,' उनले भने, 'युक्रेनका वारले हामीकहाँ धुलो उडायो कि के गर्‍यो ? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको ? किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो ।'

फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको उनले बताए ।

नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झौता भएको हो भन्ने जानकारी दिनुपर्ने बताए ।

ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको आरोप लगाए । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत राख्न नसकेको ओलीको आरोप थियो । 

साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको ओलीले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्