२७ जेठ २०८३, बुधबार

पहिले एजेण्डा, कार्यशैली, संकल्प परिवर्तन गर्नुपर्छ, अनि नेता-कार्यकर्ता र समाज : पोखरेल

जेठ ३१, २०८०
काठमाडौं
पहिले एजेण्डा, कार्यशैली, संकल्प परिवर्तन गर्नुपर्छ, अनि नेता-कार्यकर्ता र समाज : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिले नेता-कार्यकर्ता परिवर्तन हुनुपर्ने भन्दै बहस चलाइएकोमा असन्तुष्टि जनाएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत् उनले  सबैभन्दा पहिले एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान परिवर्तन गरेर मात्रै नेता कार्यकर्ता परिवर्तन हुनुपर्ने उनको भनाइ छ । 'यतिबेला परिवर्तन हुनुपर्ने को ? नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिँदै छ,' उनले लेखेका छन्, 'सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान हो । अनि नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ एक हातले ताली बज्दैन ।'
 

salt training

कमेन्ट गर्नुहोस्