२६ जेठ २०८३, मंगलबार
सुरक्षा परिषद् बैठक

निवर्तमान मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

जेठ ३२, २०८०
काठमाडौं
निवर्तमान मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

सरकारले मुख्यसचिव परिवर्तन गरेको छ ।

सरकारले शंकरदास बैरागीको सट्टामा डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको हो ।

निवर्तमान मुख्यसचिव बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकमा बैरागीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीको ठाउँमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्