२६ जेठ २०८३, मंगलबार

जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, प्रतिवादीका आफन्तलाई तेस्रो तलाबाट हटाइयो

असार १, २०८०
काठमाडौं
जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा, प्रतिवादीका आफन्तलाई तेस्रो तलाबाट हटाइयो

नक्कली शरणार्थी प्रकरणमा थुनछेक आदेशको तयारी हुँदा जिल्ला अदालत काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जेठ २१ गतेदेखि शुरू भएको बहस शुक्रवार सकिएपछि आदेशको तयारी भएको हो ।

आदेशको तयारीस्वरूप अदालतको तेस्रो तलामा रहेका प्रतिवादीका आफन्तसहित अन्य सेवाग्राहीलाई त्यहाँबाट हटाइएको छ ।

शुक्रवार अन्य इजलासहरू सकिएर कर्मचारी तथा सेवाग्राही पनि बिदा हुन थालेपछि तेस्रो तला खाली गराइएको हो ।

यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा लगाउने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने आदेश अदालतले गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्