
नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहे एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहे एक हप्ताभित्र सरकार ढाल्ने बताएका हुन् ।
यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको उनको भनाइ छ । ‘नेकपा(एमाले)ले चाहे एक हप्ताभित्र यो सरकार ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो,' उनले भने, 'उहाँहरूभित्रै अन्तरविरोध र असमझदारी छ । त्यसकारण यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ ।'
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए ।